अर्थ व्यवसाय
काठमाडौं । राष्ट्र बैंकले १५अर्बको रिपो जारी गर्न लागेको छ । बजारमा लगानी योग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो । एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ ।
बोलकबोलमा खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ प्रतिशत ब्याजदर कोट गर्नुपर्ने छ । रिपोको बोलकबोल आज ३ बजे हुँदै छ भने आज नै जारी हुनेछ । राष्ट्र बैंकका अनुसार रिपो यही वैशाख १८ गते परिपक्व हुनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६ १२:४४
प्रतिक्रिया दिनुहोस्