site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुरुष क्रिकेट : आर्मीलाई हराउँदै पुलिस फाइनलमा 
Sarbottam CementSarbottam Cement

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुलिसले दिएको ८१ रनको लक्ष्य पछाएको आर्मीले १८ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कुशल मल्लले सर्वाधिक २३ रन बनाए । यस्तै राजु रिजालले १४, हरि कृष्ण झाले ११ रन बनाउदा राजेश पुलामी मगरले १० रन बनाए ।

Global Ime bank

पुलिसका सागर ढकालले ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र नबिन सिंह थापाले समान ३/३ विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८० रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले २३ रन बनाए । यस्तै दिलिप नाथले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो नाका जोड्न सकेनन्  ।

आर्मीका साहब आलमले ३ तथा सोमपाल कामी र सुशन भारीले २/२ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC