site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा अमेरिकी र भारतीय गुप्तचरले पहिल्यै दिएका थिए सूचना !
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकामा ३ सय भन्दा बढीको ज्यान जानेगरी गएको आइतबार भएको बमकाण्ड सम्बन्धी सूचना पहिला नै श्रीलंकाको गुप्तचर निकायलाई अमेरिका र भारतका गुप्तचर निकायले जानकारी दिएको बताइएको छ । 

सो सूचनामा त्यसप्रकारको घटना हुन सक्ने जानकारी गराइएको थियो । प्रहरीका विभिन्न निकायमा त्यसखालको सूचना गएको भएपनि त्यसलाई सुरक्षा निकायले त्यति गम्भीरतापूर्वक नलिएको जस्तो देखिएको बताइएको छ । यसले गर्दा श्रीलंकाका सरकारी निकायबीच नै आरोप प्रत्यारोपको अवस्था सिर्जना भएको छ ।

साथै प्रधानमन्त्री रणील विक्रमासिंघेलाई समेत सो सम्बन्धी जानकारी पहिला नै नदिइएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको वर्ष श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट हटाएर महेन्द्रा राजपक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए । 

तर, त्यहाँको अदालतको आदेश र संसदमा पनि उनकै पक्षमा बहुमत भएका कारण विक्रमासिंघे नै पुनः प्रधानमन्त्रीमा कायम रहेका थिए । तर, अहिलेको अवस्थामा गुप्तचरी सूचना आदानप्रदानमा देखिएको समश्यालाई हेर्दा राष्ट्रपति र प्रधानमन्त्रीबीचको मनमुटावको तुष अझै बाँकी रहेको जस्तो देखिएको छ ।

Global Ime bank

कसरी यस्तो भयो भन्ने बारेमा अनुसन्धान गर्नका लागि राष्ट्रपतिले त्यहाँको सर्बोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा सोमबार छानबिन समिति गठन गरेका छन् । 

शहरी योजना सम्बन्धी मन्त्री राउफ हकिमले आइतबारको घटना गुप्तचर निकायको असफलताका कारण भएको आरोप लगाएका छन् । उनले भनेका छन्,‘‘यो हामी सबैका लागि लाजमर्दो कुरा हो । यो घटनाबाट हामी सबै लज्जित भएका छौं ।”

दूरसञ्चार सम्बन्धी मन्त्री हरिन फर्नान्डोले ट्विट गर्दै भनेका छन्,‘‘यो घटनाका बारेमा केही गुप्तचर अधिकारीहरु पहिला नै जानकार थिए । एक्सनमा उत्रिन भने ढिला भयो । किन त्यस सम्बन्धी चेतावनीलाई अवज्ञा गर्ने काम भयो गम्भीर कदम चाल्नु आवश्यक छ ।’’

प्रहरीले अहिले सम्म २४ जनालाई पक्राउ गरेको जनाएको छ । श्रीलंकाली अधिकारीहरुले आइतबारको घटनाको कुनै अन्तर्राष्ट्रिय निकायको सहयोगमा छानबिन हुनुपर्ने जनाएका छन् । सरकारले स्थानीय जेहादी समूह नेशनल तौहिद जमातलाई सो घटनामा संलग्नको रुपमा नाम लिएपनि अझै कसैले पनि औपचारिक रुपमा घटनाको जिम्बेवारी लिएको पाइएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC