site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसकारण मोबाइल बालबालिकाभन्दा टाढै राख्नु राम्रो 
Sarbottam CementSarbottam Cement

पछिल्लो समय मोबाइल अभिभावकका लागि आफ्ना बालबालिकालाई भुलाउन गतिलो माध्यम बनेको छ । मोबाइलले बालबालिकाको मानसिक तथा शारीरिक विकास समेत असर गरिरहेको हुन्छ । बालबालिकालाई भुलाउन मोबाइल दिने गरिन्छ । उनीहरु मोबाइलमा भुल्छन्, आफु काममा व्यस्त हुने अभिभावकहरु धेरै हुन्छन् । तर त्यस्तो गर्नुहुँदैन ।

यसरी बालबालिकालाई मोबाइलमा भुलाउँदा एक प्रकारको लत समेत बस्न थाल्छ । जसले गर्दा उनीहरु कुनै पनि क्रियाकलाप मोबाइलबिना गर्न मान्दैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

खाना खुवाउँदा समेत उनीहरुलाई मोबाइलमा भिडियो हेरेर मात्र खाने हुन्छन् । कतिपय बालबालिकाहरु त मोबाइलको लतमा लागेर कोहीसँग नबोल्ने  र एकान्तमा गएर मोबाइल मात्र चलाउने गर्छन् । कुनैकुनै बालबालिका त मोबाइल बढी चलाएर डिप्रेशनमा जाने समेत खतरा हुन्छ । 

त्यसकारण उनीहरुलाई मोबाइलको लतबाट विस्तारै विस्तारै आधा घण्टा, एक घण्टा गरेर छुटाउनुपर्ने हुन्छ । तर एकैपटक टाढा राख्न पनि खोज्नुहुँदैन । जसले गर्दा उनीहरुमा तनाव उत्पन्न भएर मानसिक समस्या समेत आउन सक्छ । यसरी छुटाउँदा उनीहरु साथीहरुसँग बोल्ने र खेल्ने अभिभावकसँग समेत राम्रोसँग घुलमिल हुन थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ । 

Global Ime bank

त्यसैगरी, मोबाइल साना बालबालिकालाई चलाउन दिँदा उनीहरुको आँखा र मष्तिकमा असर गरिरहेको हुन्छ । लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिएसनले आँखामा असर गर्छ ।

मोबाइलको स्कृन सानो हुन्छ । जसमा निरन्तर एकोहोरो हेरिरहँदा बालबालिकाहरुको आँखाको मसल थाक्ने वा कमजोर हुने हुन्छ । जसले गर्दा उनीहरु रातिमा आँखा दुखेर ननिदाउँने, हेर्न नसक्ने, आँखा पोल्ने, आँखा वरिपरी हार्क सर्कल आउने र टाउको दुख्नेलगायतका समस्या देखिन्छ । 

यसको बारेमा अभिभावकले ध्यान दिनैपर्छ । अभिभावकले आफ्ना बालबालिकालाई मोबाइलको असरको बारेमा पनि बुझाउनैपर्ने हुन्छ । मोबाइल बढी चलाउने बालबालिकाको मष्तिष्क सुस्त हुन सक्छ । जसले गर्दा केहीसमय अघि भनेको कुरा छिनभरमा नै बिर्सन सक्छन् । कुनै कुनै बालबालिकामा टाउको दुखेर बान्तासमेत हुन सक्छ ।

स्कुल जाने बालबालिकाका हकमा भने उनीहरुले स्कुलमा पढाएको कुरामा पनि असर गर्छ । स्कुलमा समेत शिक्षकले मोबाइलका राम्रा पक्ष र नराम्रा पक्षका बारेमा जानकारी गराउनैपर्छ । हामीलाई पनि सानो वस्तु हेर्दा आँखा दुख्छ तर ठुलो वस्तु हेर्दा नदुख्ने हुन्छ त्यस्तै हो बालबालिकामा पनि सानो वस्तु हेर्दा समस्या आउँछ ।
टीभी पनि लामो समयसम्म हेर्न दिन हुँदैन । भिडियो गेमसमेत मोबाइलमा लगातार हेर्न दिन हुँदैन । बालबालिकालाई स्कुलमा प्रोजेक्ट वर्क दिएको छ । त्यो प्रोजेक्ट वर्क गर्न उनीहरुलाई कम्प्युटरमा गर्न लगाउने गर्नुपर्छ । लामो समयसम्म कम्प्युटरमा बिताउन दिनुहुँदैन ।
(बाल स्वास्थ्य नर्स सुवेदीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC