site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘हेयरस्टाइल’ का कारण महिलाहरुमा कपाल झर्ने समस्या बढ्छ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रायः मानिसहरुका लागि ‘हेयरस्टाइल’ नै उनीहरुको पहिचान हुन्छ जसकारण उनीहरुले कपाललाई धेरै महत्व दिँदै यसका लागि दैनिक केही समय छुट्याउने गरेको पाइन्छ । तर पछिल्लो समय विशेषगरी महिलाहरुमा उनीहरुको हेयरस्टाइल कै कारण कपाल झर्ने र पातलिने समस्या गम्भीर बन्दै गएको पाइएको छ । 

कपाल झर्नुका पछाडि थुप्रै कारण हुन सक्छन् र कतिपय अवस्थामा हामीले उपचारबिना यसलाई ठिक गर्न सक्दैनौँ । तर जोन होप्किन्सले कपाल सम्बन्धी गरिएका १९ अध्ययनहरुबारे गरेको समीक्षापछि भने नियमति कपाल झर्नमा हाम्रो हेयरस्टाइल पनि उत्तिकै जिम्मेवार रहेको पत्ता लागेको हो जसलाई व्यवहारिक परिवर्तनमार्फत आफैँले समाधान गर्न सकिने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा अनुपयुक्त हेयर स्टाइलका कारण त्यसरी कपाल झर्ने अवस्थालाई ‘ट्रयाक्सन एलोपेसिया’ भनिन्छ । यसमा कपाललाई अधिक समय तन्काएर राख्दा परिणामस्वरुप कपाल झर्न थाल्छ । अनुपयुक्त हेयरस्टाइल अपनाएका कारण विशेषगरी  महिलाहरु यसबाट बढी प्रभावित हुन्छन् । 

तर समान्यतया व्यवहारिक परिवर्तन मार्फत यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । यो अवस्थामा हाम्रो कपाल एकैपटक नभएर नियमित थोरैथोरै झरिरहने र समय बित्दै जाँदा निधार माथिपट्टी र कान नजिक कपाल पातलिन थाल्छ । विशेषगरी लामो समयसम्म कपाल तन्किरहने किसिमको हेयरस्टाइल नै ट्रयाक्सन एलोपेसियाको प्रमुख कारक रहेको बताइन्छ । तर सावधानी अपनाउँदै आफ्नो दैनिकको हेयरस्टाइलमा बदलाव ल्याएमा यसबाट राहत पाउन सकिन्छ । 

Global Ime bank

यसरी अनुसन्धानकर्ताहरुले महिलाहरुका सामान्य हेयरस्टाइललाई कपालको तौल, तन्किने क्षमता र घाम अनि रसायनको प्रयोगका आधारमा तीन थरीमा विभाजित गरेका छन् – कम, मध्यम र उच्च जोखिम । यसरी सबैभन्दा क्षति पुर्याउने हेयरस्टाइल भनेको कपाललाई लामो समय एकै दिशामा तन्काइरहने किसिमको हो  जस्तै एकदमै टाइट तरिकाले धेरै माथि बाँध्ने वा (बन) गोलो बनाउने, त्यस्तै बलियोगरी कपाल बाट्ने र डेडलक व एक्सटेन्सन राख्ने लगायत कपाल सिधा पार्न केमिकलको प्रयोग गर्दा पनि कपाल उच्च जोखिममा रहने गरेको बताइएको छ । त्यस्तै आइरन र ब्लो ड्रायरबाट भने मध्यम वर्गको खतरा रहेको छ जसले कपाललाई कमजोर बनाउने गर्दछ । त्यस्तै कपाल छाड्ने, खुला तरिकाले बाँध्ने गर्दा भने कपाल कम जोखिममा हुनेछ ।

त्यसैले पनि कपाललाई सधैँ खुला र लुज राख्नुपर्दछ । वास्तवमा धेरै टाइट हेयरस्टाइलले कपालको जरामा क्षति पुर्याउँछ । यसरी लामो समय कपाल तन्किरहँदा कपालको जरा पनि तानिने हुँदा समस्या धेरै जटिल बन्दै गए, कपालको विकासमा ढिलाइ हुन थाल्छ र अन्ततः कपाल पलाउनै छाड्न सक्छ । तर हाम्रो ‘हेयर फोलिकल’ मा स्थायी क्षति पुगेको छैन भने हामीले आफ्नो हेयरस्टाइल बदलेपछि प्राकृतिक रुपमा यो अवस्था ठीक हुँदै जान्छ । यसका लागि केही महिना लाग्न सक्छ जसबीच हामीले हाम्रो कपाललाई नम्रतापूर्वक स्याहार गर्नुपर्ने हुन्छ । 

अफ्रिकी महिलाहरुमा यो समस्या अत्यन्तै सामान्य मानिन्छ तर जोकोहीलाई पनि यो हुन सक्छ । यस्तोमा हामीलाई हाम्रो हेयरस्टाइलले दुखाउँछ भने तुरुन्तै त्यसलाई बदल्नतर्फ लाग्नुपर्छ किनकी दुखाइको अर्थ हाम्रो कपालमा त्यही स्तरको क्षति पुगिरहेको छ । विशेषगरी निधारदेखि टाइट तरिकाले बाट्ने स्टाइलले सबैभन्दा क्षति पुर्याउने गर्दछ । त्यसैगरी क्लिप, हेयरब्यान्ड जस्ता सामग्रीको नियमित प्रयोगले पनि कपाल पातलो बनाउन सक्छ । किनकी तिनको दैनिक प्रयोग गर्दा एक ठाउँको छाला मात्र बारम्बार रगडिरहेको हुन्छ र सो स्थानमा गम्भीर क्षति पुग्न सक्छ । 

यसरी ठूलो मान्छे मात्र नभएर बालबालिकामा पनि यो समस्या आउन सक्छ । उनीहरुको कपाल भर्खर बढ्ने क्रममा रहेको हुँदा अनुपयुक्त हेयरस्टाइल अपनाएमा कपाल पातलो हुँदै जान सक्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC