site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बहुमतमा ओली, प्रचण्डका चार अध्यक्ष र अल्पमतमा नेपाल
Sarbottam CementSarbottam Cement

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ११ महिनापछि सोमबार जिल्ला तहको नेतृत्व टुंग्याएको छ । देशका ७७ जिल्लामा साविकको एमाले र माओवादी केन्द्रले क्रमशः ४४ जिल्ला र ३३ जिल्लामा अध्यक्षको बाँडफाँट गर्‍यो ।

बाँडफाँटमा प्रदेशका ११ मध्ये ४ मा पूर्वमाओवादी र ७ जिल्लामा पूर्व एमालेबाट अध्यक्ष बनेका छन् । नेकपामा ओली, प्रचण्ड, दाहाल र बादल गुट सक्रिय भए पनि गण्डकीमा भने नेकपा अध्यक्षद्वय नै हाबी बने ।

सोमबार सार्वजनिक नामावलीअनुसार ११ जिल्लामध्ये पूर्वएमालेको भागमा परेका अध्यक्षमा ओली समूहबाट ७ मा ६ जना अध्यक्ष बनेका छन् । कास्कीमा कृष्ण थापा, पर्वतमा पदम गिरी, तनहुँमा केदार सिग्देल, मुस्ताङमा चन्द्रमोहन गौचन, मनाङमा पाल्तेन छोयाङ गुरुङ, नवलपुरमा रोशनगाहा सबै ओली समूहका हुन् । बाग्लुङका ईन्द्रलाल सापकोटा चाँही माधव नेपाल समूहका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यीमध्ये पदम गिरी र पाल्तेन छोयाङ गुरुङ संघीय सांसद हुन् भने कृष्ण थापा, ईन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, रोशन गाहा प्रदेश सांसद हुन् । माओवादीको भागमा परेका चारै जना अध्यक्ष प्रचण्ड समूहका हुन् । लमजुङका मधु अधिकारी, गोरखाका लेखबहादुर थापा, म्याग्दीका गोविन्द पौडेल र स्याङ्जाका सूर्यप्रसाद गैरे प्रचण्ड निकट जिल्ला अध्यक्ष हुन् ।

गोरखाका लेखबहादुर थापा प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् भने लमजुङकी अधिकारी समानुपातिक सांसद हुन् । सचिवमा पनि प्रचण्डकै बर्चस्व देखिएको छ । कास्कीमा बखानसिंह तमु, तनहुँ राजेन्द्रकेशरी न्यौपाने, मुस्ताङ सत्यनारायण शेरचन, मनाङ बेदबहादुर गुरुङ, बाग्लुङ ज्ञामनाथ गैह्रे, पर्वत सुदिपकुँवर सबै प्रचण्ड समूहका हुन् । नवलपुरकाख सचिव मित्रशरण शर्मा भने बादल समूहका हुन् ।

Global Ime bank

एमालेको भागमा परेका चारैजना सचिव ओली समूहका छन् । लमजुङका धनन्जय दवाडी र स्याङजाका मिनप्रसाद गुरुङ प्रदेश सांसद समेत हुन् । गोरखा प्रेम गुरुङ, म्याग्दी हरिकृष्ण श्रेष्ठ पनि ओली समूहकै हुन् ।

एक्ली महिला अध्यक्ष

नेकपाको सोमबार घोषित अध्यक्षको नाममा परेकी प्रदेशसभा सांसद हुन्, मधुमाया अधिकारी गुरुङ । गण्डकी प्रदेशसभामा समानुपातिक सांसद रहेकी अधिकारी, प्रदेशभरिकै एक्ली महिला अध्यक्ष पनि हु्न् । देशभरिका ७७ जिल्लामध्ये ३ जिल्लाध्यक्ष महिलाको नाममा पनि उनी एक हुन् ।

पूर्वमाओवादीको भागमा परेको लमजुङमा उनी एकतापूर्व माओवादी केन्द्रको जिल्ला संयोजक पनि हुन् । जनयुद्धमा श्रीमान आशलाल गुरुङलाई गुमाएकी अधिकारी माओवादी राजनीतिमा सक्रिय थिइन् । 

प्रदेशका मुख्यमन्त्री पनि लमजुङकै पृथ्वीसुब्बा गुरुङ हुन् । नेकपा नेतृत्व पाएकी अधिकारी पहिलो संविधान सभा निर्वाचनमा लमजुङ-२ बाट हालका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भएकी थिइन् । त्यसपछिको दोश्रो निर्वाचनमा समानुपातिकको सूचीमा परे पनि उनी सांसद भने बन्न पाइनन् । 

अधिकारी नेतृत्वको नेकपा लमजुङको सचिवको भाग धनन्जय दवाडीलाई परेका छ । उनी पनि प्रदेश सांसद हुन् । अधिकारी र दवाडी दुबै एउटै गाउँ बिचौरेका हुन् भने नातेदार पनि हुन् ।

कास्कीमा वैरागीको वैराग्य

सोमबार घोषित नामावलीका कारण नेतृत्वको आशा गरेका केही व्यक्ति निराश भए भने केही व्यक्ति नेतृत्व पाउँदा आश्चर्यमा परे । प्रत्यक्षमा जितेका सांसद सचिव बन्दा प्रत्यक्षमै हारेका व्यक्ति अध्यक्ष बनेका छन् । सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरे पनि नेकपाको नेतृत्व पाएका व्यक्तिहरु त्यति सन्तुष्ट पनि छैनन् ।

कास्कीका दामोदार वैरागीले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । फेसबुकमा उनले ५ टुक्का गीत पनि जोड्न भ्याएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकतापछि कमिटी एकीकृत गर्न बनेका मापदण्ड र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसदहरूको रुवाबासी सुन्दा र अहिले कमिटी घोषणा गर्ने बेला बनेका मापदण्ड हेर्दा ५ (पाँच) टुक्रा पुराना गीतको याद आयो भन्दै- 'फाटेको जालले छेकेको, छेके पनि छर्लङ्ग देखेको हेर गाउँले हो, कोहीलाई भने धनमाथि धनको राश, कोहीको भने घरबासै उठिबास हाम्रो नेपालमा, कोही त भने जहाजमा हररर, कोहीको भने पसिना तररर हाम्रो नेपालमा, कोहीको घरमा कुकुरलाई मासुभात, कोहीको घरमा सधैंको रुवाबास हाम्रो नेपालमा, हिडें म त काले कि आमा गरिबको सुदिन फिराउन, रुञ्चे मुख नलगाउ तिमी हिड बरु जनतालाइ ब्यूँझाउन' भन्ने टुक्का फेसबुकमा पोष्ट गरेका छन् ।

यसअघि अध्यक्षमा तत्कालीन एमालेका सचिव तथा नेकपाको कार्यदल सदस्य दामोदर बैरागीको चर्चा थियो । तर, उनलाई अध्यक्ष दिइएन । प्रदेश सांसद रहेका कृष्ण थापाले नै अध्यक्ष पाए ।

स्याङ्जा-२ ‘ख’मा कांग्रेसका सांसद भागवत प्रकाश मल्लसँग पराजित भएका सूर्यप्रसाद गैरैले नेकपा नेतृत्व पाएका छन् । प्रत्यक्षमा जितेका मिनप्रसाद गुरुङ सचिवमा घटुवा भएका छन् ।

गोरखा, कास्की र नवलपुरमा अझै अन्योल

जिल्ला तहको नाम घोषणा भएपछि स्थानीय तहको नेतृत्व टुंग्याउन बसेको नेकपा प्रदेश कमिटीको बैठकले ८ जिल्लाका स्थानीय तहको नेतृत्वलाई अन्तिम रुप दिएको छ । सर्वसम्मत नभएका स्थानीय तहको नेतृत्व टुंग्याउने जिम्मा प्रदेश कमिटीलाई छ । जिल्ला संयन्त्रको सिफारिसको आधारमा पर्वत, मनाङ, मुस्ताङ, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ र म्याग्दीका स्थानीय तहको नेतृत्व टुंगो लागेको प्रदेश कमिटीका सदस्य पदम गिरीले जानकारी दिए ।

नवलपु, कास्की र गोरखाले भने स्थानीय कमिटीको नामै सिफारिस गरेको थिएन । "बाँकी ३ जिल्लाको पछि टुंग्याउने निर्णय भएको छ" गिरीले भने, "१ भन्दा बढी आकांक्षी भएका स्थानीय तहको नेतृत्व जिल्ला संयन्त्रको सिफारिसमा प्रदेशले टुंग्याउनेछ ।"
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC