site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योगमन्त्रीले भने– लगानीको प्रतिवद्धता आइरहेको छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघका नवगठित पदाधिकारीलाई भेट्दै उद्योग मन्त्री यादवले देशमा लगानीको वातावरण बन्दै गएको बताएका हुन् ।
यस परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रममार्फत् यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढंगमा पुर्याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवको जोड छ । परिसंघको नव–गठित कार्यसमितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै मन्त्री यादवले बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरे । देशको लक्ष्य नै दिगो आर्थिक विकास तथा समृद्धि रहेको बताउँदै यादवले नव गठित कार्यसमितिले समेत यसलाई आत्मसात गरि आफ्ना कार्यक्रमलाई अगाडि बढाउने अपेक्षा गरे ।
सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने प्रतिवद्धता गरे । सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यसतर्फ समेत निजी क्षेत्रको ध्यान आकृष्ट गरे ।
देशका दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैंले निर्माण गर्न चाहे सरकारले वित्तीय प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको जानकारी उनले दिए । 
सो अवसरमा परिसंघका नवनियुक्त अध्यक्ष सतिश कुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिँदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने बताए । त्यस्तै विगत केहि समय देखि सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमानै उद्योगसँग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको दाबी गरे ।
ती कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनको लागि नियमावली निर्माणमा समेत निजी क्षेत्र सहकार्य गर्दै आवश्यक सुझाव दिन तयार रहेको बताए । मुलुक आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरुको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा उनको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC