site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार र राप्रपाबीच वार्ता : हिन्दु राष्ट्रसहितका २२ बुँदे मागको विषयमा जानकारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता भएको छ । सिंहदरबारस्थित कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सरकार र राप्रपाबीच वार्ता भएको हो । 

पहिलो चरणको वार्तामा राप्रपाद्वारा गठित वार्ता टोलीले आफ्नो दलले अघि सारेका २२ बुँदे मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको छ । ‘‘पहिलो चरणको वार्ता विषय प्रवेशका रुपमा अघि बढेको छ । हाम्रो तर्फबाट सरकार समक्ष २२ बुँदे मागका बारेमा बुँदागत रुपमा जानकारी दिने काम भएको छ,’’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

वार्तामा सरकारकातर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल, कानून सचिव राजीव गौतम, कानून मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा राप्रपाकातर्फबाट वार्ता टोली संयोजक दीपक बोहरा र निरञ्जन थापा सहभागी थिए । राप्रपाको वार्ता टोलीका सदस्य तथा महामन्त्री राजेन्द्र लिङदेन उपत्यका बाहिर भएकाले वार्तामा उपस्थित भएनन् । 

सरकारले वार्ताका लागि औपचारिक रुपमै पत्र पठाएपछि राप्रपाले सोमबार बोहराको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । गत आइतबार कानूनमन्त्री ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका थिए । सरकार र राप्रपाबीचको दोस्रो चरणको वार्ता एक साता पछि फेरि हुने बताइएको छ ।
 
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयता बारे जनमतसंग्रह गर्नुपर्नेलगायतका २२ बुँदे माग राख्दै राप्रपा चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । यसअघि राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएको थियो । 

Global Ime bank

तस्बिर श्रोत : मोहन श्रेष्ठको ट्‍वीटर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC