site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
नेकपाको एकता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई घटक पूर्व एमाले र माओवादीबीच एकीकरण प्रक्रिया एक पाइला अघि बढेको छ । एमाले र माओवादीबीच भागबन्डा गरेरै भए पनि जिल्ला तहको नेतृत्व तोकिएको छ । देशका ७७ जिल्लामध्ये एमालेलाई ४४ र माओवादीलाई ३३ जिल्लामा अध्यक्ष पद दिइएको छ । साथै एउटा घटकको अध्यक्ष भएका जिल्लामा अर्को घटकको सचिव रहने गरी भाग मिलाइएको छ । जिल्ला तहको नेतृत्वपछि अरू पदहरूमा पनि भागबन्डा गरिने संकेत यसले दिएको छ । संसदीय लोकतन्त्र दुई दलीय व्यवस्थातर्फ उन्मुख भयो भने त्यसले स्थिर सरकार दिनसक्ने सम्भावना बढ्छ । यद्यपि, एकीकृत भएको नेकपा(नेकपा) अधिनायकवादतर्फ उन्मुख हुने जोखिम पनि छ । 

नेकपा (नेकपा) का दुवै घटकले चुनावमा पार्टी एकीकरण गर्ने वाचा गरेका थिए । त्यसलाई उनीहरूले पूरा गरे । दलका नेताले चुनावी वाचा पूरा गर्दामात्रै पनि नेपाली राजनीतिमा त्यसको सकारात्मक प्रभाव पर्नसक्छ । सत्तारुढ नेकपा (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको किचलोमा धेरै ध्यान दिन नपरे राजकाजमा बढी समय बिताउन पाउनेछन् । सायद, अहिलेका लागि नेकपा एकीकरणबाट नेपाली जनताले पाउने पहिलो फाइदा यही हो । पार्टीभित्र पदको सबालमा केही किचलो हुनु स्वाभाविकै हो । केही नेताको असन्तुष्टि निकट भविष्यमै प्रकट भयो भने पनि आश्चर्य मान्नु पर्दैन । तर, निश्चित पद्धतिमा मानवीय दृष्टिकोणसहित पार्टी सञ्चालन गर्नु चुनौतीपूर्ण हुन्छ । नेकपालाई पनि यान्त्रिक पद्धतिमा चलाउन खोजियो भने दुर्घटना हुनसक्छ भन्ने दलका नेताहरूले पक्कै बुझेका छन् ।  

एकीकरणको घोषणामा शीर्ष नेता द्वयको अभिव्यक्ति भने पार्टीका कार्यकर्ताबाहेक अरूका लागि खासै उत्साहप्रद रहेन । प्रधानमन्त्री ओलीको दम्भ र घोचपेचबाट जनता आजित भइसकेका छन् । आत्मश्लाघा त छँदैछ प्रधानमन्त्री ओलीमा अरूलाई हेप्ने र होच्याउने प्रवृत्ति पनि बढ्दै गएको छ । यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालको ’षड्यन्त्रको सिद्धान्त’लाई पनि अब कार्यकर्ताबाहेक अरूले पत्याउन छाडेका छन् । पार्टी र त्यसभित्रका गुटहरूको भागबन्डा मिलाउन नसकेर ढिलो भएको पार्टी एकीकरणमा ‘देशी विदेशी प्रतिक्रियावादी’को हात रहेको बताउँदा जनताले पक्कै पत्याउँदैनन् । यसैले पार्टीका शीर्ष नेताहरूले दम्भ र ‘कौवा चातुर्य’ प्रदर्शन गर्न छाड्नु बुद्धिमानी हुनेछ । सिर्जनशील र सभ्य संस्कार प्रदर्शन गर्दा पनि सत्तारुढ दलको प्रभाव वा वैधता कमजोर हुँदैन बरु बढ्छ । नेकपाको पूर्ण एकीकरण चाँडै सम्पन्न होस् र त्यसले नेपाली जनताको स्वतन्त्रता र नेपालको लोकतन्त्र व्यापक एवं बलियो बनाउन योगदान गरोस् । शुभकामना ! 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC