site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानप्रति अमेरिका थप रुष्ट, इरानसँग तेल किन्ने मुलुकमाथि प्रतिबन्धको चेतावनी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले पनि इरानसँग तेल खरिद गर्ने देशहरुमाथि प्रतिबन्धका साथै सबैखाले सहयोग वा छुट बन्द गर्ने घोषणा गरेका छन् । ह्वाइटहाउसका अनुसार चीन, भारत, जापान, दक्षिण कोरिया तथा टर्कीलाई दिइएको छुट आगामी मे महिनामा समाप्त हुँदैछ । समय सकिएसँगै यी देशहरुमाथि पनि अमेरिकी प्रतिबन्ध लागू हुनेछ ।
अमेरिकाले यस्तो फैसला गर्नुको पछाडिको कारण इरानको तेल निर्यात शून्य पार्नु रहेको देखिन्छ । यसो गर्नु भनेको इरान सरकारको मुख्य आयस्रोत तेल निर्यात समाप्त पार्नु हो । उता, इरानले भने प्रतिबन्धलाई अवैध ठहराउँदै आफ्ना लागि छुटको कुनै अर्थ नभएको बताएको छ । 
किन आयो यस्तो अवस्था ?
गत वर्ष ट्रम्पले इरान र अन्य ६ पश्चिमी मुलुकबीच भएको ऐतिहासिक परमाणु सम्झौताबाट अमेरिकालाई अलग बनाएका थिए । त्यसपछि उनले इरानमाथि फेरि आर्थिक प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धले नयाँ सम्झौता गर्न इरान विवश हुनेछ भन्ने अमेरिकाको अनुमान थियो । 
अन्तरराष्ट्रिय शक्तिहरुसँग गरिएको परमाणु सम्झौताको बलमा आर्थिक प्रतिबन्धको बदलामा आफ्नो परमाणु कार्यक्रमलाई अघि सार्दै अन्तरराष्ट्रिय पर्यवेक्षकलाई अनुगमनको अनुमति दिन इरान तयार भएको थियो । बाराक ओबामाको शासनकालमा भएको यो सम्झौतालाई ट्रम्पले अमेरिकाका लागि घाटाको सम्झौता भनेका थिए ।
के चाहन्छन् ट्रम्प ?
ट्रम्प प्रशासन इरानलाई नयाँ सम्झौता गर्न बाध्य पार्न चाहन्छ । र, यसमा परमाणु कार्यक्रम मात्र होइन ब्यालिस्टिक मिसाइलको सन्दर्भ पनि जोड्न चाहन्छ । अमेरिका के पनि भन्न चाहन्छ भने, यसबाट मध्य पूर्वमा इरानको ‘अशिष्ट व्यवहार’ पनि नियन्त्रण हुन्छ ।
अमेरिकी प्रतिबन्धले इरानको अर्थव्यवस्थामा व्यापक प्रभाव पर्न गएको छ । इरानी मुद्रा यतिखेर इतिहासमै सबैभन्दा कमजोर हुन पुगेको छ । महँगी बर्सेनि चार गुणासम्म बढको छ । वैदेशिक लगानीकर्ता भड्किएका छन् । इरानी जनताले सरकारविरुद्ध प्रदर्शनसमेत गरेका छन् । 
बीबीसी  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC