site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सनी देओलः ‘बेताब’देखि बीजेपीसम्म, कहाँबाट लड्दैछन् चुनाव ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । दिल्लीमा रक्षा मन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका छन् । 
सनी देओललाई सदस्यता प्रदान गर्दै रक्षा मन्त्री गोयलले भने, “सनीले आफ्नो फिल्ममा सधै सुरक्षा बलको मनोबल बढाएका छन् । अहिलेको परिस्थितिमा देशका युवालाई प्रेरणा दिने काम सनी देओलले फिल्मका माध्यमबाट गरेका छन् । मलाई विश्वास छ कि राजनीतिक जीवनमा पनि यस्तै काम गर्नेछन् ।’’
सनी कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने पत्रकारको प्रश्नमा उनले यसको निर्णय पार्टीले गर्ने प्रतिक्रिया दिए । बलिउड अभिनेता सनी देओल पञ्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा चुनाव लड्ने अनुमान गरिएको छ । गुरदासपुर क्षेत्रबाट अभिनेता विनोद खन्ना चुनाव लड्दै आएका थिए । उनको निधनपछि २०१७ को उपचुनावमा कांग्रेसका सुनील जाखडले चुनाव जितेका थिए । 
सनी देओलका बुवा अभिनेता धर्मेन्द्र २००४ देखि २००९ सम्म राजस्थानको बीकानेरबाट भाजपा सांसद थिए । उनकी पत्नी हेमा मालिनी मथुराबाट सांसद थिइन् । अभिनेत्री हेमा मालिनी यस पटक फेरि मथुराबाटै चुनाव लड्दै छिन् । 
सनी देओल आफ्नो समयमा बलिउडका लोकप्रिय अभिनेता हुन् । उनको छवि ‘एक्सन हिरो’ का रुपमा रह्यो । सनीले १९८२ मा फिल्म ‘बेताब’ बाट करियर सुरु गरेका थिए । १९९० मा प्रदर्शित फिल्म ‘घायल’ बाट उनको लोकप्रियता एकाएक बढेको थियो । ‘दामिनी’, ‘गदर’, ‘हिरो’, ‘अपने’ सनी देओलका प्रमुख फिल्महरु हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC