site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
\'ओभरस्टे\' गर्ने विदेशीप्रति अमेरिका कडा, राष्ट्रपतिले दिए प्रशासनलाई निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भीसा म्याद सकिएर पनि ‘ओभरस्टे’ गर्ने आप्रवासीलाई कडाई गर्न आफ्नो प्रशासनलाई सोमबार निर्देशन दिएका छन् । विदेशीहरु जो कानुनी रुपमै प्रवेश गरेका तर भीसाको म्याद सकिएपछि पनि अमेरिकामा बसिरहेका छन् उनीहरुलाई अब कडाई गरिने बताइएको छ ।

राष्ट्रपतिले विदेशमन्त्री र गृह सुरक्षामन्त्रीलाई सो सम्बन्धी आदेश दिएको मेमोर्यान्डममा हस्ताक्षर गरेको युएसए टुडेको अनलाइन संस्करणमा आज जनाइएको छ । त्यसमा चार महिनाभित्रमा ओभरस्टे गर्नेलाई के गर्न सकिन्छ सो सम्बन्धी योजना दिन दुवै मन्त्रालयलाई आग्रह गरिएको छ ।

जुन देशका नागरिक भीसा सकिएर पनि धेरै ओभरस्टे गरेका छन्  उनीहरुलाई ‘एड्मिसन बोन्डस’को व्यवस्था गर्न  समेत आग्रह गरिएको छ । मध्य अमेरिकी राष्ट्रका आप्रवासीहरु अमेरिका छिरेर हैरान बनाएपछि ट्रम्प प्रशासनले नयाँ नीति ल्याउन लागेको जनाइएको छ । १दशमलब २ मिलियन भन्दा बढी विदेशीहरु सन् २०१६ र २०१७मा मात्रै भीसा सकिएर पनि अमेरिकामा ओभरस्टे गरेको अमेरिकाको गृह सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC