काठमाडौं । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले वृक्षारोपण गरेको छ । ललितपुर महानगरपालिकाले हरित अभियानमा सहकार्य गर्दै बैंकले वृक्षारोपण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको संयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्बद्धन र वायु प्रदुषण न्यूनीकरण गर्न अभियानको थालनी गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको र वातावरण स्वच्छ र सफा राख्नु सबैको जिम्मेवारी भएको बताए ।
बैंकले पोखरामा प्रदुषण न्यूनीकरण गर्न शव दाह गृह निर्माण एवं विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा सहयोग गर्दै आईरहेको समेत प्रस्ट पारे ।