site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अल्पकालमा नाफा बटुल्ने सल्बलाउँदा नेप्सेमा ७ अंकको करेक्सन
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको दोस्रो दिन धितोपत्र बजार घटेको छ । पहिलो दिन उच्च अंकको सुधार देखिएको बजारमा दोस्रो दिन गिरावट आएको हो ।

आइतबार नेप्से घट्दा नयाँ वर्षको पहिलो दिनदेखि बढ्न थालेको बजारले सुधारिने क्रम गुमायो । यसक्रममा नेप्से परिसूचक ७ दशमलव २६ अंकले घटेर १ हजार २ सय ५६ दशमलव ९४ अंकमा कायम भयो । नप्से ०.५७ प्रतिशतले घट्दा बजारमा सेन्सिटिभ इन्डेक्स २ दशमलव ०४ अंकले घट्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से घट्दा कारोबार रकम भने १ अर्ब कायम रह्यो । बजारमा दिनभर १ अर्ब ३ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएका हुन् । यसक्रममा १ सय ६८ कम्पनीका ३२ लाख २२ हजार २ सय ५६ कित्ता सेयर कारोबारमा आए ।

नेप्से घट्नु तथा कारोबार रकम अर्ब नजिक नै कायम रहँदा बजारमा छोटो समयमा प्रोफिट बुक गर्न चाहने लगानीकर्ता सल्बलाएको देखिन्छ । १ बजेसम्म सामान्य उतारचढाव देखिएको बजार त्यसपछि निरन्तर रुपमा नै ओरालो लागिरहँदा गिरावट भोग्नुपर्‍यो । त्यसो त अन्तिम समयमा सुधारका लागि गरेको सामान्य प्रयासले बजारमा ठूलो परिवर्तन ल्याउन सकेन ।

Global Ime bank

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका ११ मध्ये ७ वटा समूहमा गिरवाट आए । ट्रेडिङ, निर्जीवन बीमा, उत्पादनमूलक र जस्वन बीमाबाहेक सबै समूह घटे । घट्नेमा सबैभन्दा बढी होटल समूह २४ दशमलव ९७ अंकले ओरालो लाग्यो । बढ्नेमा जीवन बीमा समूह सर्वाधिक १ सय ५४ दशमलव २९ अंकले सुधार भयो ।

यसदिन कारोबार रकमका आधारमा अघिल्लो दिनझैं नेपाल बैंकले शीर्ष स्थान ओगट्यो । बैंकको दिनभर ९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भए । 

नेप्से घटेको दिन बजारमा एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयरमूल्य सर्वाधिक ९ दशमलव ७७ प्रतिशतले बढ्दा माउन्टेन हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलव २ प्रतिशत सेयर मूल्य गुमाए ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC