site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग जोडियो नेपाली स्याटलाइट
Ghorahi CementGhorahi Cement

काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

Agni Group

जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्‍वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो । सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए । 

अबको करिब डेढ महिनापछि नेपाली स्याटलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

Global Ime bank

नाष्टले सो नेपाली स्याटलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको भए पनि जानकारी दिए । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै सोही दिन भूकम्पीय जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ । नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको सो कार्यक्रम भूकम्पीय जोखिम न्यूनिकरणका लागि उपयोगी हुने पनि स्पष्ट पारे ।

वेव तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC