site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नाै महिनामा साटासाट गर्नेगरी प्रमुख मन्त्रालयको भागबण्डा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ९ महिनामा साटासाट गर्नेगरी प्रमुख मन्त्रालयको भागबण्डा भएको छ ।
प्रधानमन्त्री लिने दलले अर्थ, उर्जा, संचार, भौतिक योजना लगायतका  मन्त्रालय लिनेगरी कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । कांग्रेसबाट विमलेन्द्र निधी र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्ण बहादुर महरा र बर्षमान पुनले आन्तरिक तयारी गरेर मन्त्रालयको भागबण्डाको गृहकार्य गरिरहेको स्रोतले बतायो ।
अहिले सरकारको नेतृत्व गर्ने दलले लिएका मन्त्रालय नौ महिनापछि सरकारको नेतृत्व गर्ने दललाई दिने गरी सहमतिको तयारी गरिएको उच्च स्रोतले जानकारी दियो ।
“अहिले माओवादी केन्द्रले प्रधानमन्त्रीसहित अर्थ, उर्जा, सञ्चार लगायतका मन्त्रालय लिनेछ,” कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँग भने,“नौ महिनापछि कांग्रेसले प्रधानमन्त्रीसहित तिनै मन्त्रालय लिनेछ । माओवादी केन्द्रले कांग्रेसले सम्हालेका मन्त्रालय सम्हाल्नेछ ।”
कांग्रेस र माओवादी केन्द्रबीच नौ÷नौ महिना सरकारको नेतृत्व गर्ने गरी समझदारी भएको छ ।  कांग्रेसले गृह, परराष्ट्र, स्थानीय विकास लगायतका मन्त्रालय अहिले सम्हाल्नेछ । 
माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, प्रभु साह सरकारमा सहभागी हुने लगभग निश्चित भएको स्रोतले जानकारी दियो ।  कांग्रेसबाट शेखर कोइराला, बालकृष्ण खाँण, रमेश लेखक, नविन्द्रराज जोशी सरकारमा जाने लगभग निश्चित भएको स्रोतले जानकारी दियो । 
दुई पार्टीका नेताहरू बसेर अन्य कुन–कुन दललाई सहभागी गराउने भन्ने बारेमा पनि छलफल थालेका छन् ।  दुई दलका नेताले सकेसम्म संघीय गठबन्धनमा आवद्ध राजनीतिक दललाई पनि संविधानका विवादित विषयमा सहमतिमा ल्याएर दोस्रो चरणमा सरकारमा सहभागी गराउनेगरी गृहकार्य गरेका छन् ।
“यसपटक दुवै पक्षले सकेसम्म स्वच्छ छवी र विवादमा नआएका नेता पठाउनुपर्छ भनेर गृहकार्य थालेका छौं,” एक नेताले भने,“राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयसीमाभित्रै हामीले सहमतिको खाका तयार पारिसक्छौं ।”
सहमतिको सरकार गठन हुने सम्भावना निकै कम भएकाले अहिले पनि बहुमतीय सरकार गठनकै गृहकार्यमा लागेको बताए । 
यसैबीच कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू बसेर चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेका छन् । बुधबार बसेको बैठकमा यस्तो निष्कर्ष निकालेका हुन् । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC