site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गर्न छ वटा कम्पनी इच्छुक, बाहिरी चक्रपथमा चार
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ७ क्षेत्रका ७७ परियोजना शोकेस गरिएको थियो । लगानीकर्तासमक्ष प्रस्तुत गरिएका ७७ परियोजनामध्ये हालसम्म २६ वटा परियोजनाका लागि ४३ वटा आवेदन आएका छन् । त्यस्तै आह्वान नगरिएका ५ वटा थप परियोजना पनि आवेदन परेका छन् ।

लगानी बोर्डका अनुसार वैशाख ७ गतेसम्म आवेदन प्राप्त भएका यी परियोजनाको कुल अनुमानित लागत २५ खर्ब रुपैयाँ रहेको छ । बोर्डका अनुसार सबैभन्दा बढी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गर्न ६ वटा कम्पनी इच्छुक देखिएका छन् । त्यसैगरी काठमाडौं उपत्यका बाहिरी चक्रपथका लागि ४ वटा आवेदन प्राप्त भएका छन् ।

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाका लागि ३ महिनाभित्र विकासकर्ता छनोट गरिसक्ने तयारी गरेको छ । त्यस्तै दोस्रो चरणमा १७ परियोजना ९ महिना र तेस्रो चरणमा ६ परियोजनका लागि १४ महिनाभित्रमा विकासकर्ता छनोट गर्ने तयारी छ ।

Agni Group

प्राप्त आवेदनहरुको मूल्यांकन तथा सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।  लगानी सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ वटा परियोजना प्रस्तुत गरिएका थिए ।

कुन क्षेत्रमा कति आवेदन ?

Global Ime bank

बोर्डका अनुसार कृषि पूर्वाधार क्षेत्रका ५ परियोजनामा आवेदन परेका छन्  । बोर्डका अनुसार ५४ लाख ५० हजार अमेरीकी डलर लागतको उर्लाबारी एकिकृत कृषि परियोजनामा १ आवेदन, हेम्जा एकिकृत कृषि परियोजनामा ५६ लाख ३० हजार अमेरिकी डलरको हेम्जा एकिकृत कृषि परियोजनामा १ आवेदन, ४० लाख ३० हजार अमेरिकी डलर बराबरका दुई परियोजना एक, ३१ लाख ५० हजार  अमेरिकी डलर लागतको वीरेन्द्रनगर एकिकृत परियोजनामा एक आवेदन र ६५ लाख ५० हजार अमेरिकी डलर लागतको तिलोतमा एकिकृत कृषि परियोजनामा २ आवेदन परेको छ ।

त्यसैगरी, स्वास्थ्य तथा शिक्षा पूर्वाधार क्षेत्रका दुई परियोजनामा दुईवटै आवेदन परेका छन्  । जसमध्ये ७ करोड ४० लाख अमेरीकी डलरको धुलिखेल मेडिसिटीमा र ६ करोड १० लाख अमेरीकी डलर लागतको गण्डकी टेक्निकल  युनिभर्सिटीमा एक आवेदन परेको छ ।

उर्जा पूर्वाधारका ७ परियोजनामा ८ आवेदन परेका छन् । बोर्डका अनुसार १ हजार २ सय १७  मिलियन अमेरीकी डलर लागतको हाम्रो हाइड्रोपावर (७६२ मेगावाट)मा सबैभन्दा धेरै २ आवेदन परेको छ । यसैगरी १४ सय ७० मिलियन अमेरीकी डलरको पश्चिम सेती हाइड्रोपावर (७५० मेगावाट)मा १, ९ सय २७ मिलियन अमेरिकी डलरको एसआरसिक्स हाइड्रोपावर (६५२ मेगावाट)मा १, १ हजार ८ सय अमेरीकी डलरको सुनकोशी हाइड्रोपावर दोस्रो (१११० मेगावाट)मा १, १ हजार मिलियन अमेरीकी डलरको सुनकोशी हाइड्रोपावर तेस्रो (५३६ मेगावाट) मा १, १ हजार ३ सय मिलियन अमेरीकी डलरको तल्लो अरुण हाइड्रोपावर (१३०० मेगावाट) मा १ र ७ सय ५० मिलियन अमेरीकी डलर लागतको नेपाल सोलार (५५० मेगावाट)मा १ आवेदन परेको छ ।

त्यस्तै, उद्योग पूर्वाधार क्षेत्रको ६० मिलियन अमेरीकी डलर लागतको लजिस्टिक पार्क बल्क टर्मिनलको लागि एक आवेदन परेको छ ।

पर्यटन पूर्वाधारका ३ परियोजनामा तीन आवेदन परेका छन् । जसमध्ये २० मिलियन अमेरीकि डलरमा जानकी हेरिटेज होटल, ४१ मिलियन अमेरीकी डलरको तैथलिया ठेमे पार्क, र ४३ मिलियन अमेरिकी डलरको ड्रिमल्यान्ड धुलिखेलमा १–१ आवेदन परेका छन् र
यातायात पूर्वाधारका ९ परियोजनामा सबैभन्दा धेरै आवेदन परेका छन् । १ सय ४९ दशमलव ५ मिलियन अमेरीकी डलर लागतको बिआरटी रिङरोड काठमाडौंको लागि ४, १८ सय ७१ मिलियन अमेरीकी डलरको काठमाडौं बाहिरिको रिङरोडकोे लागि ४, ३ हजार मिलियन अमेरीकी डलरको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि ६ कम्पनीले इच्छा देखाउका छन् । यसैगरी ३ हजार मिलियन अमेरीकी डलरको काठमाडौं भ्याली मेट्रोमा १, ३ हजार मिलियन अमेरीकी डलरको पूर्व–पश्चिम विद्युतीय रेल्वेका लागि १, ३ हजार ३ सय ५७ मिलियन अमेरीकी डलरको काठमाडौं–पोखरा–लुम्बिनी रेल्वको लागि १, २ सय २० मिलियन अमेरीकी डलरको काठमाडौं स्काइ ट्रेनको लागि १, २ सय ६५ मिलियन अमेरीकी डलरको सामाखुसी–टोखा–छहरे रोडको लागि २ र २ सय ५८ मिलियन अमेरीकी डलर लागतको धनगढी क्षेत्रीय विमानस्थलमा २ कम्पनीले इच्छा देखाएका छन् ।

सहरी पूर्वाधारका ४ परियोजनामा ५ आवेदन परेका छन् । १६ मिलियन अमेरीकी डलर लागतको राष्ट्रिय अधिवेशन सेन्टरको लागि २, ६ दशमलव ४ मिलियन अमेरीकी डलरको जनकपुर ठोस फोहोर व्यवस्थापन परियोजनामा १, १ सय मिलियन अमेरीकी डलरको विराटनगर नगरपालिका फोहोर व्यवस्थापन परियोजनामा, मेलम्ची, खोकना र भरतपुर फोहोर पानी शुद्धिकरणको लागि ३ सय मिलियन अमेरीकी डलरको परियोजनामा पनि आवेदन परेको छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC