site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कति बलियो छ तपाईंका अकाउन्टको पासवर्ड ? १२३४५६ बढी ह्याक ! 
Ghorahi CementGhorahi Cement

बीबीसी । केही समय अगाडि गरिएको एक अध्ययनमा विश्वका करोडौँ मानिसहरुले संवेदनशील अकाउन्टहरुका लागि समेत सजिलै अनुमान लगाउन सकिने किसिमका पासवर्ड प्रयोग गर्ने गरेको पत्ता लागेको छ । बेलायतको नेशनल सेक्युरिटी सेन्टर (एनसीएससी) का अनुसार ह्याक हुने गरेका अकाउन्टहरुमा सबैभन्दा बढी ‘१२३४५६’ पासवर्डको प्रयोग गरिएको छ । 

यस्तोमा प्राविधिक ज्ञानको कमीले धेरै मानिस ठगी र अपराधीहरुको शिकार बन्ने गरेको हुँदा यो अध्ययनले मानिसहरुलाई साइबर सुरक्षाबारे सचेत गराउने प्रयास गरेको बताएको छ ।  एनसीएससीका अनुसार जस्तोसुकै अकाउन्ट भएपनि सबैले कम्तीमा पनि नबिर्सने खालका तीन भिन्दाभिन्दै अर्थ दिने शब्द जोडेर पासवर्ड बनाउनुपर्छ अनि मात्र हाम्रो अकाउन्ट बलियो हुनेछ । 

Agni Group

यस साइबर सर्वेक्षणका लागि एनसीएससीले ह्याक भएका खाताहरुको विश्लेषण गरि तिनीहरुले पासवर्डका लागि कुन शब्द, कुन अक्षर र कुन चिन्ह बढी प्रयोग गर्ने  गर्छन् भन्ने पत्ता लगाउने प्रयास गरेको हो । जसपछि २ करोड ३० लाख अकाउन्टको पासवर्ड ‘१२३४५६’ रहेको पाइएको छ । 

यसपछि दोस्रो सबैभन्दा बढी प्रयोग हुने पासवर्डमा भने ‘१२३४५६७८९’ रहेको बताइएको छ जुनपनि सजिलै अनुमान गर्न र ह्याक गर्न सकिने बताइएको छ । यसरी शीर्ष पाँचमा रहेका सबैभन्दा बढी प्रयोग हुने पासवर्डमा ‘qwerty' र ‘password’ अनि ‘१११११११’ रहेका छन् । 

Global Ime bank

यसबाहेक मान्छेले आफ्नै नाम वा परिवारका सदस्यको पहिलो नामलाई पनि पासवर्डका रुपमा धेरै प्रयोग गर्ने गरेको पाइएको छ । 

यसरी साधारण किसिमका पासवर्ड प्रयोग गर्नेहरु ह्याकरको निशानामा पर्ने एनसीएससीका प्राविधिक निर्देशक डाक्टर इआन लेभी बताउँछन् । उनी भन्छन्, “कसैले पनि महत्वपूर्ण र संवेदनशील डाटालाई सुरक्षित राख्न सजिलै अनुमान गर्न सकिने पासवर्ड जस्तै– आफ्नो नाम, फुटबल टिम, मनपर्ने ब्यान्ड, जन्मदिन लगायत प्रयोग गर्नु हुँदैन ।”

यसका साथै एनसीएससीले मानिसहरुलाई साइबर सुरक्षा सम्बन्धि बानी र उनीहरुको चिन्ताका बारेमा पनि सोधेको थियो । यसमा ४२ प्रतिशतले अनलाइन ठगीमा आफ्नो पैसा गुम्न सक्ने शंका गरे भने केबल १५% ले मात्र आफूलाई अनलाइनको दुनियाँमा सुरक्षित राख्न सक्ने विश्वास व्यक्त गरेका हुन् । र यसरी प्रश्न गरिएका मध्येमा आधा भन्दा कमले मात्र आफ्नो मुख्य इमेल र अकाउन्टका लागि बलियो पासवर्डको प्रयोग गरेको पाइएको छ । यसरी इन्टरनेटको दुनियाँमा व्यक्तिले बलियो पासवर्ड राख्नु नै आफूलाई सुरक्षित गर्ने सबैभन्दा उचित उपाय रहेको सुरक्षा विद् ट्रोय हन्ट बताउँछन् । यसरी कुन पासवर्ड सबैभन्दा धेरै प्रयोगमा छ भन्ने जानकारी दिलाउनुले सबैलाई सतर्क गराउने र बलियो अकाउन्टका निम्ति राम्रो पासवर्डको छनौट गर्न मद्दत गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC