site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली सरकारमा गएकोमा पश्चाताप छैनः थापा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा परराष्ट्र मन्त्री कमल थापाले  प्रधानमन्त्रि केपी शर्मा ओलीसँग गठबन्धन बनाई सरकारमा गएकोमा कुनै पश्चाताप नभएको बताएका छन् । “राप्रपा नेपाल विषम परिस्थितिमा सरकारमा सहभागी भएर राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सफल भएको छ,” उनले भने, “प्रधानमन्त्रि व्यक्तिगत रुपमा मिलनसार र राष्ट्रिय भावनाले ओतप्रोत रहेको पाँए । उहाँसँग काम गर्न पाएकोमा म सन्तुष्ट छु ।”
संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्ने बेलामा सररकार गिराउनु राम्रो नभएको थापाको तर्क थियो । उनले भने, “राष्ट्रिय अखण्डता जोखिममा परेको बेला, संविधान कार्यान्वयन गर्न तथा भूकम्प पछि पुनर्निर्माण गर्न सबै दलहरु मिलेर जानु पर्ने थियो । यस्तो बेलमा सरकार ढाल्नु राम्रो होइन ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आउँदो कात्तिकमा काठमाडौंमा अन्तराष्ट्रिय सनातन धर्म सभाको आयोजना गर्ने निर्णय गरेको छ । राजधानीमा मंगबार देखि दुई दिन सम्म भएको केन्द्रिय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सनातन हिन्दु धर्मको रक्षाको लागि अन्तराष्ट्रिय धर्म सभाको आयोजना गर्न लागेका जानकारी दिए । 
पत्रकार सम्मेलनमा थापाले भने, “सनातन धर्मको रक्षाको लागि हामीले नेपालमा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेका छौं ।”
योजनावद्ध रुपमा विभिन्न प्रलोभन, त्रास र भ्रम सिर्जना गरि धर्म परिवर्तन गराउने गरेको भन्दै थापाले संविधानमा धर्म परिवर्तन गराउन रोक लगाएकोले सरकारले उक्त कार्यको नियन्त्रण गर्नुपर्ने बताए ।
भारतीय प्रशासनले नेपाल सरकारलाई सप्तकोशी नदिमा अन्तराष्ट्रिय आतंकवादी संगठनले आक्रमण गर्ने सूचना दिइएको प्रति परराष्ट्र मन्त्रि थापाले नेपालको भूभागको रक्षा गर्न नेपाल आफै सक्षम रहेको बताए । उनले पत्रकार सम्मेलनमा भने, “आजको मितिसम्म कोशी ब्यारेजमा सुरक्षा सम्बन्धि कुनै थ्रेट छैन । नेपालको भूभागको सुरक्षा गर्न नेपाल आफै सक्षम छ । यसमा भारतले आशंका नगर्दा हुन्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC