site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै सडकमा दुई निकायबाट लगानी
Sarbottam CementSarbottam Cement

गौर । रौतहट सदरमुकाम गौरस्थित एउटै सडकमा दुई निकायबाट लगानी भइरहेको पाइएको छ । 

शहरी विकास मन्त्रालयद्वारा गौर नगरलाई 'स्मार्ट सिटी' बनाउने अभियानअन्तर्गत आश्रय निर्माण सेवा, स्वच्छन्द, धुकुचु जेभी वसुन्धाराले ठेक्का सकार गरेर नगरको विभिन्न सडकमा निर्माण कार्य सुरू गरिसकेको छ ।
    
सघन शहरी भवन निर्माण आयोजना पर्साद्वारा दुई करोड ३१ लाख २३ हजार २४१ रुपैयाँ ११ पैसामा बरहवा खोला छेउमा रहेका हनुमान मन्दिरदेखि भन्सार कार्यालयसम्मको सडकसहित विभिन्न निर्माण कार्य गर्ने तयारी गरिरहेकै अवस्थामा गौर नगरपालिकाबाट सोही सडकको नेपाल लजदेखि हनुमान मन्दिरसम्मको कालोपत्रे उप्काएर निर्माणकार्य थाल्दा एउटै सडकमा दुई निकायबाट काम गरेर अनियमितता गर्न खोजेको भन्दै स्थानीयवासीद्वारा त्यसको विरोध गरेका छन् ।
    
गौर नगरपालिकाले सडक बोर्डबाट बाटो मर्मत गर्ने बहानामा स्थानीय बासिन्दाको निजी जग्गामा रहेको पक्की घर भत्काउन खोज्दा अनिरुद्धप्रसाद केसरीले जिल्ला अदालत गौरमा उक्त कार्य रोक्न दायर गरेको रिट निवेदनमा अदालतले गत चैत २७ गते स्थानीयवासीको निजी जग्गामा बाटो नबनाउन नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो । 
    
स्थानीयवासी सञ्जीव गुप्ताका अनुसार सघन शहरी विकास आयोजनाबाट काम हुने सडकमा नगरपालिकाबाट मर्मत गराउने बहानामा अनियमितता गर्न खोजिँदा यहाँको बासिन्दा नगरपालिकाप्रति आक्रोशित बनेको बताए । अर्को स्थानीय महिला सिन्धु चौधरीले १२ बजे राति नगरपालिकाको डोजर ल्याएर घर अगाडि खनजोत गर्न लागेकोमा आपत्ति प्रकट गर्दै उहाँले बिना राय सुझाव तथा सीमाङ्कन नै नगरेर यसरी निजी सम्पत्तिलाई खनजोत गर्ने नगरपालिकाको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।
    
अर्का स्थानीय वीरेन्द्रकुमार मिश्रले गत वर्ष यसै सडकमा मर्मत गरेर सडक बोर्डको रकम निकासा गरेपनि पुनः अहिले मर्मतको नाममा ठूलो रकमको चलखेल गर्न लागेको कार्य अति नै निन्दनीय रहेको बताउ । यसरी एउटै सडकमा दुईवटा निकायबाट काम गरेर बिल भर्पाई पेश गरी रकम कुम्ल्याउनुबाहेक अन्य कुनै प्रयोजन नभएको आरोप लगाउँदै उनले यस्ता काम गर्ने निकायलाई कारबाही कसले गर्ला ? उनले प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका युवा नेता वीरेन्द्र साहले एउटै सडक एउटै कामका लागि नेपाल सरकार र नगरपालिकाले रकम विनियोजन गरेर निर्माण गर्ने प्रक्रिया अत्यन्तै गलत भएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
    
सघन शहरी भवन निर्माण आयोजना पर्साका इञ्जिनीयर लक्ष्मण यादवले हनुमान मन्दिरदेखि भन्सारसम्मको बाटोमा १७ किसिमका काम गर्न निर्माण कम्पनी अग्रसर भइरहँदा पनि नगरपालिकाबाट काम भइरहेको सुन्दा आफूलाई पनि आश्चर्य लागेको बताए । नगरको सडक बोर्डबाट काम गराउनुपर्दा निर्माण कम्पनी तथा सघन शहरी विकास निर्माण आयोजनासँग समन्वय गरेर मात्रै गर्नुपर्ने हुन्छ । तर आफूसँग नगरपालिकाले कुनै समन्वय नगरेको उनले जानकारी दिए ।

गौर नगरपालिकाको प्रमुख अजय गुप्ताले सघन शहरीद्वारा सडकपेटी बनाउने काम मात्रै रहेको हुँदा कालोपत्रे उप्किएको हुँदा पालिकाबाट मर्मतको कार्य मात्रै गरिरहेको बताए । एउटै सडकमा दुई वटा निकायबाट काम हुनु कतिको उपयुक्त हो भने प्रश्न सोध्दा प्रमुख गुप्ताले सघन शहरीको न्यून बजेटबाट काम सम्पन्न हुन नसक्ने तथा उक्त बाटोमा सधैँ भीडभाड भई सडक नै अवरुद्ध भइरहेको हुँदा फराकिलो एवं व्यवस्थित बनाउनका लागि मात्रै नगरपालिकाबाट कार्य अघि बढाइएको बताए । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC