site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुरु भएन न्युरोडमा स्मार्ट पार्किङ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको न्युरोडमा वैशाख १ गतेबाट सुरु हुने भनिएको स्मार्ट पार्किङ १ सातापछि पनि सुरु भएको छैन । छुट्टाछुट्टै ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरु हुने बताइए पनि आन्तरिक तयारी नपुगेकाले हालसम्म स्मार्ट पार्किङ सुरु हुन नसकेको हो । 
गएको फागुनमा काठमाडौं महानगरपालिकाले ह्वील्स ट्रुली योर्स प्रालिसँग छलफल गर्दै न्युरोडमा स्मार्ट पार्किङ सेवा दिने बताएको थियो । काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्तावहरु आएकामध्ये उक्त प्रालिले स्मार्ट पार्किङको जिम्मा पाएको हो । तर हालसम्म यसका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छैन ।
“अहिले इन्टरनेट एक्सेसको काम भइरेको छ । सीसी क्यामेरा जडान भइसकेको छ । स्मार्ट पार्किङ सुरु हुन अझैं १ साता लाग्ने देखिन्छ,” प्रालिका आइटी इन्जिनियर हरिस अग्रवालले बाह्रखरीसँग भने । वैशाख १ गतेबाट न्युरोडस्थित रामेश्वरम् मिठाई पछाडिको भाग, विशाल बजारअगाडि, इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आर बि कम्प्लेक्सअगाडिको स्थानमा स्मार्ट पार्किङ सुरु गरिने महानगरपालिकाले बताएको थियो । यी स्थानहरुमा एकपटकमा करिब ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने इञ्जिनियर अग्रवालले जानाकारी दिए ।
सेन्सरजडित यो प्रणालीमा भेइकल इन्ट्री र आउट गरेको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसको एप्लिकेसन आइफोन र एन्ड्रोइड दुवैमा डाउनलोड गर्न सकिने प्रालिले बताएको छ ।
सपिङलगायत विभिन्न कामले न्युरोड जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ यकिन गर्न सक्छन् ।
पार्किङ गर्दा दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा २० र चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ शुल्क तोकिने महानगरपालिकाले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC