site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुटिङ : अस्मिता शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुल प्रतियोगिताअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् ।

प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५५५ अंकमा तेश्रो स्थानमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुष १० मिटर एयर पेस्तोलको व्यक्तिगतमा आर्मीका कुवेर केसी पहिलो, प्रहरीका सुकदेव चौधरी दोश्रो र प्रदेश २ का जग्गीलाल महतो तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर पहिलो, सुदूरपश्चिमकी सावित्री बोहरा दोश्रो र प्रदेश १ की कमला राई तेश्रो स्थानमा छन् ।

राइफलको पुरुषमा १६ र महिलामा १७ तथा पेस्तोलको पुरुष÷महिला दुवैमा समान १६–१६ खेलाडी सहभागी छन् । सबै खेल सकिएपछि फाइनलमा पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्नेछ । आठ खेलाडीबीचको फाइनल २४० अंकको हुनेछ भने क्वालिफाइङ चरणका खेल ६ सय पूर्णाङकमा भइरहेको छ ।

Global Ime bank

नेपालगन्ज रंगशालाको परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा सातै प्रदेश, प्रहरी र आर्मीका ६५ खेलाडीले व्यक्तिगत र टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषको २४ औं तथा महिलाको २३ औं संस्करण हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC