site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यवसायी महिलाको रहस्यमय मृत्यु, निर्वस्त्र शव फेला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । मोरङको पथरीशनिश्चरेमा २९ वर्षीया एक व्यवसायी महिलाको शव रहस्यमय ढंगले सडकमा फेला परेपछि व्यसायिक क्षेत्रले शान्ति सुरक्षाको माग गरेको छ ।
 
पथरी शनिश्चरे १ त्रिवेणी चोक साझा लाइनमा डेरा गरी बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रिना बस्नेतको रहस्यमय मृत्यु भएको हो । गत राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत फेला परेकी थिइन । 

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले मृत्युको कारण यकिन भइ नसकेको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् । स्थानीयले भनें कसैले कर्तव्य गरी बस्नेतको हत्या गरेको आशंका गरेका छन् । उनका श्रीमान सन्तोष बस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । 

पथरी उद्योग वाणिज्य संघले शनिबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता आवश्यक रहेको जनाएको छ । संघका अध्यक्ष दीपक बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा व्यवसायिक क्षेत्रको सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC