site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
४२ हजार वर्ष पुरानो जीवको रगत अझै सुरक्षित !
Sarbottam CementSarbottam Cement

एजेन्सी । रुसका वैज्ञानिकहरुले ४२ हजार वर्ष पुरानो घोडाको बच्चाको शव फेला पारेका छन् जसका भित्री अङ्ग अझैपनि सुरक्षित अवस्थामा रहेको बताइएको छ । यस्तोमा सो प्राचीन जीवको रगत र पिशाब समेत निकालि अध्ययन गर्न सकिने भएको हो । 

मंगलबार मात्र वैज्ञानिकहरुले उक्त संरक्षित नमुनाको शव अध्ययनका लागि चिरफार गरिएको खबर गरेका हुन् । वास्तवमा सो शव जीव विज्ञान सम्बन्धी एक अभियानका क्रममा बाटगइ बेसिनमा फेला पारिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

साइबेरियाको भरखोयानस्क क्षेत्रमा भेटिएको सो शव उचाइमा रहेका कारण नै सुरक्षित अवस्थामा भेटिन सफल भएको याकुतस्थित नर्थइस्टर्न फेडेरल युनिभर्सिटीको म्यामोथ म्युजियमका निर्देशक सेमयोन ग्रिगोरिभ बताउँछन् । लोप भइसकेको ‘म्यामोथ’ प्रजातिको हात्तीको दाँत खोजिरहेको टोलीले सो प्राचिन जीव अघिल्लो वर्षको गर्मी याममा फेला पारेको थियो । 

मृत्युको समयमा सो जीव केवल दुई हप्ताको मात्र रहेको र माटोमा पुरिएर ज्यान गएको अनुसन्धानबाट पत्ता लगाइएको सीएनएनले जनाएको छ । यसरी सो जीवको शरीरको रौँमा समेत कुनै क्षति नपुग्नु आश्चर्यजनक र दुर्लभ घटना भएको बताइएको छ । यस्तोमा त्यस शताब्दीको घोडा कस्तो रङको थियो भन्ने पनि पत्ता लगाउन सकिने भएको बताइएको हो । 

Global Ime bank

यस अगाडि वैज्ञानिकहरु अर्को एक ११ हजार ७ सय वर्ष अगाडिको संरक्षित जीवबाट पनि यसैगरी रगत निकाल्न सफल भएका थिए । वास्तवमा प्राचीन जीवजन्तुहरुको रगत प्राय धुलोमा परिणत हुने वा जम्ने गर्दछ जसकारण धेरै उचाईमा रहँदा मात्र तिनको रगत तरल अवस्थामा रहन सक्छ जसलाई अत्यन्तै दुर्लभ मानिन्छ । 

अहिले भने दक्षिण कोरियास्थित एक अनुसन्धान कम्पनीले यस प्रचीन जनावरको ‘क्लोन’ अर्थात वंशाणु रुपले समान जीव बनाउनमा काम गरिररहेको बताएको छ । यसरी सो ‘क्लोनिङ’ सफल भएमा विश्वले ४२ हजार वर्ष अगाडिको जीव देख्न पाउने अपेक्षा गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC