site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन
Sarbottam CementSarbottam Cement

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको उनले अवलोकन गरेकी हुन् । 

नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गरहेकी हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भण्डारीले स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गरेकी थिइन् । उनले त्यस क्रममा भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिसरको अवलोकन गरेकी छन् । उनले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थानीयवासीले गरिएको अक्षयकोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको रु १५ लाख र भक्तपुर उद्योग वाणिजय सङ्घले उपलब्ध गराएको रु पाँच लाख गरी कूल रु २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण गरिन् ।  

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले अवलोकनमा उत्पादनबारे जानकारी गराएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC