site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पुर्याउन निजामती कर्मचारीलाई आह्वान गरेका छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठनको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित सङ्घीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उनले संसद्मा विचराधिन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री ज्ञवालीले भने, “मुलुकको शासन पद्धति बदलीयसँगै भूमिका, कार्यशैली बदलीयको छ, लोकतन्त्रका लागि र लोकतन्त्रमा दल र सङ्गठनका भूमिका र कार्यशैली  फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ । कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ । गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन ।”

राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको के औचित्य रहन्छ भन्दै उनले निजामती प्रशासनलाई जनताको सेवक हो भन्ने प्रष्ट पार्न सङ्गठनका पदाधिकारीलाई सुझाव दिए । प्रशासनिक नेतृत्वमा मात्र होइन, कयौँ राजनीतिक नेतृत्वमा समेत केन्द्रकृत मानसिकता रही आएको बताउँदै मन्त्री ज्ञावलीले सङ्घीयता नचाहने सङ्घ र प्रदेशबीच दूरी बढाउन गौँडा ढुकेर बसेको उल्लेख गरे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC