site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘वास्तविक सुकुम्बासी समस्या चाँडै समाधान हुन्छ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समस्या ठूलो भएको बताएका छन् । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको शनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठूलो समस्या नै नभएको तर समयमै समाधान नगरिँदा समस्या भएको बताए ।  

उनले भने, “सुकुम्बासीको समस्या ठूलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।” घरखेत नभएका नै वास्तविक सुकुम्बासी भएको भन्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरेर समस्या समाधान गरिने बताए । उनले भने, “कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउँदा घडेरी छैन भने यहाँ सुकुम्बासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्बासी होइन । वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ ।”

Agni Group

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माणलगायत काममा जिम्मेबार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए । उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैह्र जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिए । 

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरि १८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC