site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उहाँकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।
 
विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो । 
 
उनी ब्रेन स्ट्रोक, अल्सरलगायत रोगबाट पनि पीडित थिए । उनको  पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

 नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो ।
 
उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन् ।  यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन् । हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् ।  उनका श्रीमती, चार छोरा र तीन छोरी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC