site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यानको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक, आईसीसीको टोलीद्वारा राखेप सदस्यसचिवसँग भेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध हटाउन अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) सकारात्मक रहेको आईसीसीका प्रतिनिधिहरुले बताएका छन् । क्यान विवादबारे अनुगमन गर्न आईसीसीको एक टोलीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशबकुमार बिष्टसँगको भेटमा प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक रहेको बताएको हो । 
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद तालिम तथा प्रशिक्षण केन्द्रमा आईसीसीका कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आईसीसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेखको टोलीले सदस्यसचिव बिष्टसँग तीन घण्टा लामो भेटबार्ता गरेका थिए । त्यस भेटमा आईसीसीको टोलीले नेपाली क्रिकेटबारे आईसीसी सकारात्मक रहेको उल्लेख गर्दै क्यानमा लागेको प्रतिबन्ध चाडै हटाउन सकिने बताएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए  ।
“सदस्य सचिवसँगको भेटमा आईसीसीको टोली निकै सकारात्मक रहेका पाइयो, छलफलमा उहाहरु सकारात्मक थिए,” राखेपका प्रेस सल्लाहकार दाहालले बाह्रखरीसँग भने, “आईसीसीका टोलीले सदस्यसचिवसंगको भेटमा हामीहरु नेपालको क्रिकेटबारे प्रतिबेदन तयार गर्न आएका हौं । आईसीसीका नेपालको क्रिकेटबारे सकारात्मक छ । प्रतिबन्ध चाडै हट्ने सम्भावना छ, उहाहँरुले भन्नु भएको छ ।”  त्यस्तै आईसीसीका प्रतिनिधिसँगको भेटमा सदस्यसचिव बिष्टले नेपालको क्रिकेट विकासमा नेपाल सक्षम रहेको र आईसीसीको प्रतिबन्ध चाडै हट्नेमा आशावादी भएको बताएको सल्लाहकार दाहालले जानकारी दिए ।
यसअघि मंगलबार मात्रै आईसीसीको तीन सदस्यीय टोलीले क्यानको पूर्व अध्यक्षहरु विनय राज पाण्डे र टंक आङबुहाङसँग छुट्टाछुट्टै भेट गरेका थिए । अब आईसीसीको टोलीले  युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, पूर्व तथा वर्तमान राष्ट्रिय टिमका कप्तान तथा खेलाडीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छन् ।
क्यानमा अन्तरिक कलह र राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई गत वैशाख १३ गते  निलम्बन गरेको थियो । त्यसपछि गत महिना स्कटल्यान्डको इडिनबर्गमा भएको आईसीसीको वार्षिक बैठकले नेपालमाथि लगाएको प्रतिबन्धलाई सदर गरेको थियो । र, नेपाली क्रिकेट अघि बढाउने बिषयमा आफ्नो एक प्रतिनिधी टोली नेपाल पठाउने निर्णय गरेको थियो । त्यहिअनुरुप आईसीसीका एक टोली नेपाल आएका हुन् । तर, नेपाली क्रिकेट विवादबारे बुझ्न नेपाल भ्रमण तय गरेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)  डेविड रिचर्डसन र आईसीसीका एसोसिएट प्रतिनिधि इमरान ख्वजा भने नेपालमा राजनीतिक स्थिति परिवर्तन भएकोले भ्रमण स्थगित गरेको थिए ।
क्यानलाई प्रतिबन्ध लगाएपनि आईसीसीले नेपाली क्रिकेट टिमलाई भने खेल्न अनुमति दिएको छ । नेपाली टोलीले अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ  । र, नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
तस्बिर रोहित दाहालको फेसबुक 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC