site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रारामा  रिसोर्ट
Sarbottam CementSarbottam Cement

रारा । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । 

बर्सेनि हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

१५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका  लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिनुभयो । रारा विमानास्थल नजीकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा  सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका लागि तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ । 

विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्ट निर्माणका लागि शिलान्याससमेत गरिएको सञ्चालक शाहले जानकारी दिनुभयो । जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै नेपालको रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि यहाँ राम्रो बास र खानाको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नु परेको थियो । 

Global Ime bank

हाल ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सयसम्म ग्राहक धान्न सक्ने क्षमता रहेको छ । स्थानीयवासीले रारा तालको छेउमा रहेका डाँफे होटल र भिलेज हेरिटेज रिसोर्टले राराको वातावरण प्रदूषण बढाएको भन्दै पटक पटक होटलहरू तालबाहिर सार्न माग गर्दै आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC