site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'कञ्‍चनपुरमा फेरि पनि बढ्दो अपराध !\'
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउँदले कृष्णपुर नगरपालिका-८ बिचवाका सुविल बडायकको हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् ।

मृतक बडायकको घर पुगेर आफन्तसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस्’ लेख्दै नेता साउँदले हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । उनले कञ्चनपुरकै १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पक्राउ नपरेको प्रसंग स्मरण गर्दै लेखेका छन्, ‘‘कञ्चनपुरमा फेरि पनि बढ्दो अपराध ! नौ महिना अघि भएको निर्मला पन्त हत्याकाण्ड पछि फेरि कृष्णपुर-८ रैकवार बिचवामा १८ वर्षीय किशोर सुबिल बडायक (थारू) को टाउको छिनाई विभत्स हत्या भएको छ । पीडित परिवारको किटानी जाहेरीमा केही व्यक्ति थुनिएका छन् । प्रहरीसँग बुझ्दा अनुसन्धान जारी भएको बताएको छ । दिवंगत आत्मालाई श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारमा सम्वेदना !! संलग्न अपराधीलाई कानून बमोजिम कडा कारबाही होस !!! दोषीले उन्मुक्ती नपाओस !’’
 
चैत २८ छिमेकी गाउँ कलुवापुरमा विवाहमा गएका १९ वर्षीय सुविल बडायक बैशाख २ सोमबार मृत फेला परेका थिए । उनको शव गाउँ नजिकैको उग्रतारा सामुदायिक वनमा पर्ने लम्बा चाँदर भन्ने स्थानको न्युरा खोलामा हत्या गरिएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय रैकवार बिचवाले बडायकको शव न्युरा खोलामा जमिनमुनी आधा गाडिएको अवस्थामा फेला परेको बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार बडायकको घाँटी काटेर हत्या गरिएको हो । प्रहरीले हत्याको आशंकामा कलुवावुरका १८ वर्षिय अयोध्या राना, सोही उमेरका प्रमोद राना र १६ वर्षिया किशोरी शिवानी रानालाई पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC