site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघले देशभर बहस अभियान चलाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो स्वर्ण जयन्तीका अवसरमा देशभर खुला बहस अभियान चलाउने तयारी गरेको छ । 

नेविसंघका नेता-कार्यकर्तालाई संगठनप्रति जिम्मेवार बनाउन र स्थानीय तहमा रहेका संगठनका प्रतिनिधिहरुलाई चलायमान बनाउन नेविसंघले देशभर खुला बहस अभियान चलाउने तयारी गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघले आफ्नो गौरवमय इतिहासलाई पुनर्जीवन दिन खुला बहस अभियानलाई देशभर लैजाने तयारी गरेको जानकारी दिए ।  ‘‘नेविसंघको गौरवमय इतिहास अहिले आएर खुम्चिने अवस्थामा पुर्‍याइएको छ । हामी अभियानमार्फत नेविसंघलाई तल्लो तहसम्म नै चलायमान बनाउँदै पुनर्जीवन दिन्छौं’’ उनले भने ।
 
काफ्लेले नेविसंघको विगतको नेतृत्वले संगठनको इतिहासलाई संघर्षमय अवस्थाबाट पार गराएर पार्टी नेतृत्वलाई समेत ‘गाइड’ गरेको र तत्कालीन शासकहरु नेविसंघदेखि तर्सिने गरेको स्मरण सुनाउँदै संघिय लोकतान्त्रिक गणतन्त्र पछिको अवस्थामा नेविसंघमाथि प्रश्न उब्जिएको जिकिर गरे । 

शुक्रबार काठमाडौंमा आयोजना गरिएको खुल्ला बहस कार्यक्रमपछि बहसलाई देशैभर लैजाने निर्णय भएको नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । नेता बलदेव तिमल्सिना नेविसंघको गिरेको गरिमा उच्च पार्न नेविसंघकै कार्यकर्ताको बलिदानी आवश्यक रहेको बताए । उनले सबै तहका नेता कार्यकर्ताले नेविसंघको पुरो अवस्था फर्काउन सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा समेत जोड दिए । 

Global Ime bank

केन्द्रीय सदस्यहरु शुशील भट्ट, शैलेन्द्र गौडेललगायतले कांग्रेस कमजोर हुँदा मुलुकमा अस्थिरताको स्थिती देखा परेको र नेविसंघ कमजोर हुँदा शैक्षिक माफियाहरु सलबलाउन थालेको भन्दै मुलुकलाई समस्याहरुबाट निकास दिनसमेत नेविसंघ सुदृढ हुनुपर्ने अवस्था आएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC