site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘विष्णु पौडेलजी राजीनामा दिएर छानबिनमा सघाउनूस् !’
Ghorahi CementGhorahi Cement

काठमाडौं । बालुवाटारको सरकारी जग्गा खरिद्–बिक्रीमा पार्टी महासचिव विष्णु पौडेलको नाम जोडिएपछि सचिवालयको बैठकमा छलफलको विषय बनाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले माग गरेका छन् । बाह्रखरीसँग कुरा गर्दै पार्टी केन्द्रीय सदस्य एवम् दाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मेटमणि चौधरीले अब बस्ने पार्टी सचिवालयको बैठकमा ‘बालुवाटारको जग्गा प्रकरण’ पनि अजेन्डा बन्नुपर्ने र निःसन्देह बन्ने धारणा राखेका हुन् ।

भू–माफियासँग मिलेर सरकारी जग्गा हडप्न पार्टी महासचिव नै संलग्न भएको विषय बाहिर आउनु निकै दुःखद् भएको र अविलम्ब कारवाहीको विषय बनाउनुपर्ने तर्क चौधरीको छ । चौधरीले बालुवाटारको सरकारी जग्गा खरिद्–बिक्रीमा पौडेलको नाम जोडिएदेखि नै उनलाई कारबाही गर्नुपर्ने आवाज शुरूदेखि नै उठाइरहेका छन् ।

नेकपाको सचिवालयको बैठक ९ गते बस्ने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन पार्टीको संगठनात्मक एकता टुंग्याउने तयारी नेकपाको तयारी छ । र, शीर्ष नेताहरू अनौपचारिक सम्वादमा पनि जुटेका छन् ।

Agni Group

९ गतेको सचिवालय बैठकमा बालुवाटारको जग्गा खरिद्–बिक्री प्रकरणबारे पनि छलफल हुनुपर्ने धारणा चौधरीले राखेका हुन् ।

‘जोगाउने प्रयास हुनसक्छ’

Global Ime bank

नेकपाका अर्का केन्द्रीय सदस्यले पौडेल पछिल्लो समय पार्टी नेतृत्वुसँग निकै नजिक रहेकाले उनलाई जोगाउने प्रयास हुनसक्ने भन्दै खबरदारीको आवश्यकता रहेको औल्याउँछन् ।

माधव नेपाल निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “भू–माफियालाई जग्गा मिलाइदिए वापत् पौडेलले उक्त जग्गा प्राप्त गरेको घामजत्तिकै छर्लङ्ग भइसक्यो । तर, पनि सरकारका प्रवक्ता ठगिइनु भयो भनिराख्नुभएको छ । अझ क्षतिपूर्तिका प्रसंग पनि उक्काउनुभएको छ । यसको अर्थ पार्टी नेतृत्व उहाँलाई जोगाउन लागि परेको प्रमाणित हुन्छ । तर, सीआइबी र अख्तियारजस्तो संवैधानिक निकायले महासचिवमाथि छानबिन गरिरहेकोले उहाँले राजीनामा दिएर छानबिनमा सघाउनु उपयुक्त हुन्छ । अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ ।”

पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि महासचिव दोषी देखिए कारबाही गर्नुपर्ने तर्क गर्छन् । पछिल्लो समय पार्टीमा अनेक विकृति, विसंगति भित्रिएको, कम्युनिस्ट आन्दोलन बदनामित हुँदै गएको भन्दै यस्ता गतिविधिमा छुट दिन नहुने तर्क गर्छन् ।

बाह्रखरीसँग बुधबार लामो कुराकानी गर्दै उनले चिन्ता व्यक्त गरे, “नियम, कानुन, विधिले कसैलाई दोषी प्रमाणित गर्छ भने कारबाही हुन्छ । यो केसमा मात्र होइन, अरू पनि आएका छन् । कुनै पनि कम्युनिस्ट पार्टीका कार्यकर्ता कमिसनमा फसेको छ, अनियमित काम गरेको छ, काण्डमा फसेको छ, अपारदर्शी काम, कमाइ गरेको छ भने ती सबै कारबाहीको भागिदार हुन्छन् । कारबाही गर्नैपर्छ । भ्रष्टहरूलाई कारबाही नगर्ने हो भने पार्टी समाप्त हुन्छ । त्यस्ता नेता–कार्यकर्तालाई संरक्षण, आश्रय दिने हो भने समाप्तिको दिन गनेर बसे हुन्छ ।”

त्यस्तै सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्य भीम रावलले पनि दोषी प्रमाणित भए कारबाही गर्नुपर्ने तर्क सार्वजनिकरूपमै गरिरहेका छन् ।

यो पनि पढ्नूहोस्

‘विष्णु पौडेललाई बर्खास्त गर्नुपर्छ’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC