site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीआरआईमा नेपाल : यस्तो छ युरोपेली थिंक ट्याङ्कको  चिन्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् । चीनको राजधानी बेइजिङमा सो शिखर सम्मेलन यही अप्रिल २५( वैशाख १३) मा हुँदैछ । 

बीआरआईको शिखर सम्मेलनको मुखमा युरोपको थिंक ट्याङ्क मानिने युरोपियन फाउन्डेसन अफ साउथ एशियन स्टडिज (इएफएसए) ले केही दिनअघि मात्रै बीआरआईमा नेपालको प्रवेशबारे एउटा रिपोर्ट सार्वजनिक गरेको छ । त्यसमा नेपालको बीआरआईमा प्रवेशलाई नेपालको ‘निओकोलोनियालिज्म’ तर्फको यात्राको रुपमा व्याख्या गरिएको छ । 

नियोकोलोनियालिज्मको शाब्दिक अर्थ हो, ‘आर्थिक, राजनीतिक, साँस्कृतिक  र अन्य उपायबाट अन्य देशलाई प्रभावमा पार्नु  र उसलाई आफूमा निर्भर गराउनु ।’ 

Prabhu Bank
Agni Group
NIC Asia

फ्रेन्च दार्शनिक जीन पाउल सात्रले सन् १९५६ मा यो शब्दको क्वाइन गरेका हुन् । अफ्रिकी देशहरुमा यो अवस्था सन्  १९६० को दशकमा उत्पन्न भएको भनेर त्यतिबेला चर्चा हुने गरेको थियो । घानाका पहिलो राष्ट्रपति र प्रधानमन्त्री क्वामे निक्रुमाहले  यो शब्द आफ्नै देशको प्रसंगमा बारम्बार प्रयोग गर्ने गरेको इतिहासमा पढ्न पाइन्छ । 

के बीआरआईमार्फत् नेपाललाई चीनले त्यस्तो गर्न लागेको होला त ? युरोपेली थिंक ट्यांकले यसो भनेपनि स्वयम् युरोपकै मुलुक इटाली अहिले बीआरआईभित्र छिरिसकेको छ । बीआरआईमा संलग्न मुलुकहरुको संख्या अहिले १ सय नाघिसकेको छ । त्यसैले युरोपले नेपालको हकमा किन चिन्ता र चासो व्यक्त ग¥यो भन्ने कुरा खुलिसकेको छैन ।

Global Ime bank

रिपोर्टको बारेमा चर्चा गर्नुअघि पहिला रिपोर्ट तयार पार्ने अनुसन्धातासँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानी यस्तो छ । अनुसन्धाता हुन् –योआना बाराकोभा । अहिले द नेदरल्याण्डस्मा रहेर काम गरिरहेकी उनको धेरैजसो विज्ञता भारतको  जम्मु– काश्मिर द्वन्द्व,  भारत –पाकिस्तान सम्बन्ध, आतंकवाद, चीन–पाकिस्तान इकोनोमिक कोरिडर लगायतका विषय हुन् । उनले राष्ट्र संघको मानवअधिकार परिषद्मा पनि धेरै पटक आफ्नो प्रस्तुती गरिसकेकी छन् । उनीसँगको कुराकानी प्रश्नोत्तरको रुपमाः 

नेपालले आफ्नो छिमेकीसँग गरेको सहमतिलाई किन यहाँहरुले यस्तो रिपोर्ट बनाएर तर्साउनुभएको ?

नेपाल यो मामिलामा बढी होशियार हुनु जरुरी छ । नेपालले चीनसँग ‘डिलिङ’ गर्दा आफ्ना शर्तहरु पहिला नै प्रष्ट पार्नुपर्छ । पछि नेपाल डेब्ट ट्रयाप (ऋणको पासो) मा नपरोस् भनेर हामीले यसो भनेका हौं ।

कसरी तपाईँले ‘डेब्ट ट्रयाप’ भनिरहनुभएको छ ?

हामीले यसबारेमा हाम्रो रिपोर्टमा नै उल्लेख गरेका छौं । त्यो पढिदिनुभयो भने यहाँले बुझ्नु हुनेछ । अन्य देशका अनुभवका आधारमा पनि हामीले यो कुरा भनिरहेका छौं ।

रिपोर्ट हामीले पढिसक्यौं । त्यसमा जोगिने उपाय चाहिँ बताइएको रहेनछ नि ?

त्यो भनेको ऋणको ब्याजको दर दुई पक्षबीच सहमति हुँदा नै घटाउनेतर्फ नेपालले ध्यान दिनुपर्छ भन्ने हो । र, आर्थिक प्रभावको कुरामात्रै यसमा पर्दैन । साँस्कृतिक प्रभावको कुरापनि पर्छ । त्यसमा पनि नेपाल सतर्क हुनुपर्छ ।

तपाईँहरु नेपाललाई यसरी अत्याउनुहुन्छ । तपाईंहरुको युरोपकै इटाली पनि बीआरआईमा आइसक्यो होइन ?

इटालीको विषय भनेको वास्तवमा सम्पूर्ण युरोपका लागि नै एउटा ‘वेक अप कल’ जस्तो हो ।  चीनको विस्तारवादी रणनीति एशिया र अफ्रिकाका मुलुकमा मात्रै होइन यो युरोपेली संघ(इयु) सम्म समेत पुग्न सक्छ भन्ने यसले देखाएको छ । यसले चीनले कसरी आर्थिक रुपमा अस्थिर देश र सरकारसँग फाइदा लिन खोज्छ भन्ने पनि देखाउँछ । यहाँलाई थाहा हुनुपर्छ इटाली अहिले आर्थिक रुपमा संकटमा रहेको छ । यसले गर्दा इटालीको सरकारले आफनो संकट समाधान गर्न चिनिया लगानी खोजेको होला । तर, उसले लिएको ऋण तिर्दातिर्दै संकटमा पर्न सक्ने अवस्था उत्पन्न हुन सक्छ । 

रिपोर्टमा के छ ?

रिपोर्टमा नेपालको सन्दर्भमा चीनले ‘नियोकोलोनियालिज्म’ लागु गर्न लागेको र यसले दक्षिण एशियाको स्थिरतामा नै असर पर्न सक्ने जनाइएको छ ।  रिपोर्ट नयाँ दिल्लीमा गएको मार्च २६ का दिन भएको एउटा कार्यक्रमको प्रसंगबाट शुरु गरिएको छ ।  पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (पीएचडीसीसीआई) ले आयोजना गरेको सो कार्यक्रममा   नेपाल र भारतका साझेदारहरु पनि रहेकोमा नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल र चीनबीचको निकटतम सम्बन्ध भएपनि त्यसले भारतसँगको सम्बन्धमा असर नपर्ने जनाएका थिए । 

उनले  चीनसँग सम्बन्ध राम्रो भएपछि भारतसँगको सम्बन्ध बेवास्ता गरौं भन्ने हिसाबले त्यो सम्बन्ध अघि नबढेको उनले जनाएका थिए । 

नेपाल राजनीतिक र रणनीतिक हिसाबले महत्वपूर्ण देश भएको र  एशियाका दुईवटा उदीयमान पावरहाउसको रुपमा रहेका भारत र चीनका बीचमा द्वन्द्वकालीन् अर्थतन्त्र र राजनीतिक तथा साँस्कृतिक चासोमा केन्द्रित रहेको उनले सो अवसरमा भनेको कुरा उद्धृत गरिएको छ । 

नेपाली राजदूतले जोड दिएर बैठकमा भनेका थिए, “वर्षौैँदेखि नेपाल र भारत निकटस्थ देश हुन् । उनीहरु दुवैको साझा र एकरुपता भएको ‘सिभिलाइजेसन’ रहेको छ । त्यसैले दुवै देशले आपसी सहयोगलाई अझ व्यापक बनाउनुपर्छ ।  दुवैलाई फाइदा हुने गरी र परस्पर हित र सहजताका लागि काम गर्नुपर्छ ।’’ 

राजदूतको यस्तो भनाइ रहेपनि दुई देशबीचको सम्बन्धले अहिले चुनौति बेहोरिरहेको रिपोर्टमा जनाइएको छ । त्यसमा  अगाडि भनिएको छ,‘‘सन् २०१८ मा नेपालको उद्योग विभागले चीन नेपालमा लगानीको मुख्य स्रोत भएको जनाएको थियो ।’’  

यस्तै, २०१५ र २०१६ मा पनि चीन नै नेपालको लगानीमा अगाडि रहेको, नेपालमा सन् २०१७ मा भएको लगानी सम्मेलनमा पनि चीनले नै सबैभन्दा बढी ८ दशमलब ३ बिलियन डलर नेपालको अर्थतन्त्रको विविध क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएको,  हालै सन् २०१९ को मार्च २९ र ३० तारेखमा भएको लगानी सम्मेलनका क्रममा पनि चीनले उल्लेख्य प्रतिबद्धता जनाएको त्यसमा दाबी गरिएको छ । 

सन् २०१७ को मे महिनामा बेइजिङले नेपालसँग बेल्ट एण्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको जनाउँदै प्रतिवेदनमा  कनेक्टिभिटी बढाउन सडक, रेलमार्ग, बन्दरगाह र हवाई मार्ग खोल्ने र सञ्चार, प्रविधि, जलविद्युत र उर्जा परियोजना, अर्थतन्त्र र पर्यटनमा चीनले लगानी गर्ने भनिएको जनाइएको छ  । 

‘‘त्यसको केन्द्रबिन्दुमा जटिल भौगर्भिक अवस्था रहेको  हिमालयन क्षेत्रमा रेल चलाउने कुरा पनि छ । त्यसले अन्ततोगत्वा चीनको स्वाशासित क्षेत्रलाई काठमाडौंसँग जोड्न सक्नेछ । तर, यसमा प्रश्न उब्जिएको छ के प्राविधिक तथा इन्जिनियरिङका हिसाबले यो परियोजना सम्भव छ ?’’

नेपालको रेल विभागले एउट वक्तव्यमा करिब ९५ दशमलब ५ प्रतिशत रेल मार्ग पुल वा टनेलको रहने र सो परियोजनाको खर्च  ७ देखि ८ बिलियन डलर भन्दा बढी हुने जनाएको रिपोर्टमा  उल्लेख गरिएको छ ।

यो अवस्थाले  चीनको ऋणमा नराम्रोसँग नेपाल पर्ने र यसको खर्चको जोहो अझै नभएको समेत उल्लेख छ । दक्षिण एशियाका अन्य मुलुक पाकिस्तान र श्रीलंकामा जस्तै नेपाल समश्यामा पर्न सक्ने चर्चा गर्दै पाकिस्तान र श्रीलंका चीनको ऋणमा परेपनि चीनको पछि लाग्न उनीहरु बाध्य पारिएको जनाइएको छ । 

यसैबेलामा चीनको नेपालमा बढ्दो प्रभावलाई नेपालको सेनासँग उसले बनाउन खोजेको सम्बन्ध र आर्थिक सहयोगसँग समेत जोडेर हेर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

बेइजिङले यातायातमा सहयोग,  उर्जा परियोजनामा लगानी, सैन्य उपकरण र तालिम जस्ता विषयमा पनि सहयोग गर्दै आइरहेको जनाउँदै सेनालाई चिनियाँ विश्व विद्यायलमा छात्रबृत्ति पनि उपलब्ध गराउँदै आइरहेको जनाइएको छ । पहिलो सैनिक संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’ २०१७मा भएको र सेप्टेम्बर २०१८ मा  ‘सगरमाथा फ्रेन्डसिप –२ ’ भएको रिपोर्टमा उल्लेख छ ।  जुन भारतमा हुन लागेको बिमस्टेक संयुक्त अभ्यासबाट नेपाल पछि हटेको केही दिनमा नै भएको त्यसमा चर्चा गरिएको छ ।

यसो भन्दै गर्दा पनि भारत अझै सैन्य तालिम र सैन्य तथा लजिस्टिक उपकरणको सबैभन्दा ठूलो दाता भएको त्यसमा चर्चा छ । अहिले नेपाल र चीनको मामिलाले धेरै नै प्रभाव पर्ने अवस्था रहेको जनाउँदै यसले दिल्लीलाई मात्रै होइन कि भारतीय उपमहाद्धिपकै सम्पूर्ण स्थिरतामा असर गर्न सक्ने त्यसमा उल्लेख छ । 

एउटा प्रतिवेदन ‘बिटवीन जायन्टः चाइना, इण्डिया एण्ड सेक्युरिटी सेक्टर रिफर्म इन नेपाल’ शीर्षकमा नेपाल पिस बिल्डिङ इनिसिएटिभका कार्यकारी निर्देशक सुविन्द्र बोगटी र फेडरल चान्सलर हेल्मुट समिट फाउन्डेसनका अनुसन्धाता जुलिया स्टासेमले तयार पारेको रिपोर्टमा  कसरी चीनले नेपालको सुरक्षा क्षेत्रमा सहयोग गरिरहेको छ भन्ने प्रष्ट गरिएको प्रतिवेदनमा चर्चा छ ।

चीन  उद्देश्यमुलक ढंगले लागेको उल्लेख गर्दै नेपालको सशस्त्र प्रहरी बलमा ठूलो परिमाणमा लगानी गरेको चर्चा गरिएको छ । व्यापक रुपमा मानवअधिकार उल्लंघन गरेको भनेर आरोप लगाइएको सशस्त्र प्रहरीसँग उसले सम्बन्ध बढाउनुलाई चीनसँगको सीमामा सो प्रहरी बल रहनुलाई कारक मानिएको त्यसमा चर्चा छ ।

तिब्बती शरणार्थीलाई कडाइ गर्ने र उनीहरुका राजनीतिक गतिविधिलाई दमन गर्ने सोचअनुसार त्यसरी सम्बन्ध बढाइएको समेत उल्लेख गरिएको छ । 

इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालाइसिसका रिसर्च फेलो निहार आर नायकलाई उद्धृत गर्दै नेपालको लम्बिँदो राजनीतिक अस्थिरताको अवस्था (जहाँ गएका १० वर्षमा ९ जना प्रधानमन्त्री भए) ले गर्दा चीनलाई तिब्बती पृथकतावादीको समश्याले चिन्तित बनाएको प्रतिवेदनमा जनाइएको छ । 

उनका अनुसार त्यसैले पहिला राज्य–राज्य तहमा चीनले सहयोग गर्दै आएकोमा अहिले संस्थागत र ‘ग्रास रुट’ तहमा पनि सम्बन्ध बृद्धि भएको चर्चा त्यसमा  छ ।  त्यस्तो काम उसले आर्थिक र राजनीतिक हिसाबले मात्रै होइन सामाजिक र साँस्कृतिक ढंगले पनि अघि बढाएको प्रतिवेदनमा उल्लेख छ । 

यो बहुमुखी रणनीति चीनले बौद्ध धर्ममाथि लिएको रणनीतिबाट पनि प्रष्ट हुने चर्चा रिपोर्टमा छ । जस्तो कि सन् २०११ देखि चीनले बुद्ध जन्मस्थल लुम्बिनीमा ३ बिलियन डलर खर्च गर्न खोजेको र  त्यसमा विमानस्थल, मन्दिर, होटल, सपिङ सेन्टर, राजमार्ग र बुद्धिष्ट विश्वविद्यालय खोल्ने कुरासम्म रहेको जनाइएको छ । 

त्यसैगरी, पानी, बिजुली र सञ्चारप्रणालीपनि स्थापना गर्न खोजेको जनाइएको छ ।  यो लगानी मार्फत चीन नेपालको पर्यटन क्षेत्रमा मात्रै प्रवेश गर्ने छैन यो उसको लागि नयाँ सिल्करोड योजनामा पनि महत्वपूर्ण रणनीति  हुने जनाइएको छ । 
साथै यसले  यो क्षेत्रमा बुद्धिजम फैलन नदिन पनि भूमिका खेल्ने दाबी गरिएको छ । ‘डिप्लोम्याट’का लागि पत्रकार लाउरेन ज्याक्सनलाई उद्धृत गर्दै रिपोर्टमा अहिले चिनियाँहरुले त्यो क्षेत्रमा कसले गएर पूजा गर्ने भन्ने बारेमा समेत निक्र्यौल गर्न थालेको चर्चा गरिएको छ । 
यो मामिलामा उनीहरुले दलाई लामाका समर्थकलाई बाहिर राख्न सक्ने  जो बेइजिङका दृष्टिमा ‘भिक्षूको पोशाकमा ब्वाँसो’ भएको चर्चा गरिएको छ ।  यसैगरी तिब्बती पृथकतावादीलाई लुम्बिनी प्रवेशमा रोक लगाउन सक्ने हुँदा  चिनियाँ रणनीति पूरा गर्न मद्धत गर्ने समेत दाबी गरिएको छ । 

यो विश्लेषण अन्तर्गत भारतको भूमिका बारेमा जसले पनि बुझ्न सक्ने र  नेपालको स्थिरता तथा क्षेत्रीय उद्देश्य नै अप्ठेरोमा पर्न सक्ने भन्दै रिपोर्टमा तर्साउन खोजिएको छ । २०१५ मा भारतले आर्थिक नाकाबन्दी लगाएपछि नेपाल–भारत सम्बन्धमा समश्या आएको चर्चा गर्दै सो समयमा नेपाललाई चीनले काँध थापेको चर्चा प्रतिवेदनमा छ । 

अब्जर्भर रिसर्च फाउन्डेसनको न्यूक्लियर एण्ड स्पेस पोलिसी इनिसिएटिभकी फेलो राजेश्वरी पिलाई राजगोपालनले भारतले आफ्नो ‘नेइबरहुड फस्ट’ नीतिलाई अझ बलियो बनाउनुपर्ने र दक्षिण एशियाका अन्य राष्ट्रसँगको सम्बन्धमा सुधार गर्नु जरुरी रहेको बताएको उल्लेख गर्दै प्रतिवेदनमा अन्यथा चीनको ‘निओकोलनियालिज्म’मा आर्थिक मात्रै होइन माथि उल्लेख गरिएझैं राजनीतिक, सामाजिक र साँस्कृतिक मामिलामा समेत असर पर्ने त्यसमा चर्चा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC