site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी विदेशमन्त्रीमाथि खनियो उत्तर कोरिया, किमलाई ‘उत्पीडक’ भनेकोमा आक्रोश
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पम्पेओलाई आणविक वार्ताबाट हटाउन माग गरेको छ । अमेरिकी विदेशमन्त्रीलाई जथाभावी  र लापरवाहीपूर्ण ढंगले बोलेको भन्ने समेत उसले आरोप लगाएको छ ।  

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले वार्तामा पम्पेओलाई समावेश गरिए त्यो वार्ता घटिया हुने भएकोले उनको सट्टामा अर्को कोही होशियार मान्छे राख्न समेत आग्रह गरेका छन् । उत्तर कोरियाले ‘ट्याक्टिकल गाइडेड’ हतियार परीक्षण गरेको कुरा चर्चामा भइरहेको बेलामा उत्तर कोरियाका तर्फबाट पछिल्लो भनाई आएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर सम्मेलन गएको फेब्रुवरीमा भियतनामको हनोइमा भएकोमा सफल हुन सकेको थिएन । गएको वर्ष पम्पेओले चार पटक उत्तर कोरियाको भ्रमण गरेका थिए । 

गएको हप्ता अमेरिकी सिनेटको उपसमितिको सुनुवाईका क्रममा पम्पेओलाई एउटा प्रश्न सोधिएको थियो,‘‘किमलाई उत्पीडकको रुपमा तपाई व्याख्या गर्नुहुन्छ ?,’’  पम्पेओले जवाफ दिएका थिए,‘‘निश्चित रुपमा । मैलै त्यो भनेको छु ।’’

Global Ime bank

त्यसको विरोधमा उत्तर कोरियाको विदेशमन्त्रालयका अधिकारी क्वन जङ गनले पम्पेओको भनाईलाई  लापरवाहपिूर्ण तरिकाले बोलेको र कोरियाका  सर्बोच्च नेताको सम्मानमा चोट पुर्याएर आफ्नो चरित्र देखाएको आरोप लगाएका छन् । क्वनले पम्पेओलाई हनोइ वार्ता भाँडेको पनि आरोप लगाएका छन् ।

अर्को वार्ता हुने हो भने त्यो वार्तामा पम्पेओ हुन नहुने समेत उनले बताएको कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले जनाएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC