site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल टेलिकमले फोरजी देशभर विस्तार गर्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं (रासस) । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी–एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौँ उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो । 

“आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको छ, आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने छ”, उनले भने ।

Agni Group

टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ । 

सो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको छ । 

Global Ime bank

यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटिइ कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङ्कङको सिसीएसआइले जिम्मेवारी टेलिकमले पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । सम्झौताअनुसार १२ महीनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले जनाएको छ । 
मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिइएको छ । सो आयोजनाका लागि पाँचमध्ये चार वटा सम्झौता सम्पन्न भइसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

टेलिकमले गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेल्वेको ज्वाइन्ट भेञ्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरका लागि हङ्कङको सिसीएसआइसँग सम्झौता गरेको छ । 
    
टेलिकमले हाल एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकामा विद्यमान एडीएसएलका ग्राहकलाई एफटिटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटिटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर गरिरहेको छ । इन्टरनेटको साथसाथै आइपिटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटिटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । 

मोबाइल गुणस्तर अभिवृद्धि

नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वीराजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो रहेको पाइएको छ । 
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौँमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो भएको उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC