site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
  एनसेलले ल्यायो पहिलो सिम–एसईई विद्यार्थीहरुका लागि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मुल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट गरिएको एनसेलले जनाएको छ ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

रु.१/ एसइइ सिम कार्ड (पहिलो सिम) का अफरहरु यस्ता छन्–
एसइइ सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु. १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले रु.५०/वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ । यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नु हुनेछ ।

Global Ime bank

यो पहिलो सिम अफर यही २०७६ बैशाख ६ गतेदेखि ९० दिनसम्म लागु गरिएको एनसलेल जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC