site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
थप ६५ लाखलाई सेवा दिनेगरी फोर जी विस्तारको सर्भे सुरू, हाम्रो सेवा उत्कृष्ट : टेलिकम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवालाई देशव्यापी रुपमा विस्तार गर्न लागेको छ ।  कम्पनीले व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिने आफ्नो दायित्व पुरा गर्न सेवा विस्तार तीव्र गतिमा अघि बढाउको जनाएको हो ।

बिहीबार टेलिकमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराएको बताए । छोटो अवधिमै फोर जी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको उनको भनाई छ ।

कम्पनीले सेवा विस्तार गर्न लागेको फोरजी–एलटीई आयोजनाअन्तर्गत मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार गरिरहेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले काम सुरु भएको दाबी गरिन् । उनले फोरजी–एलटीई आयोजना सातै प्रदेशमा सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको दाबी गरिन् ।

जसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका छन् । उनीहरुले विस्तार सर्वेक्षणको काम तीव्र रुपमा अघि बढाउका हुन् ।

Global Ime bank

सेवाअन्तर्गत टेलिकमले ६५ लाख प्रयोगकर्ता क्षमताको दुईवटा नेटवर्क विकास गर्नेछ । पहिलो १ अन्तर्गत प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत् प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् ।

ती कम्पनीसँगको सम्झौताअनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम सम्पन्न हुन लागेको हो । टेलिकमले नेपालमै पहिलो पटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।

सेवा विस्तारअन्तर्गत चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ सय वटा थ्रीजी बीटीएसको स्तरोन्नति गरिएको छ । यस अवधिमा ४ सय ७ वटा बीटीएस थप गरिएको छ ।
१ करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको टेलिकमले बताएको छ ।

आयोजना अन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै, मोबाइल गुणस्तर अभिवृद्धिमा दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो भएको बताएको छ ।

प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौंमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाकोस्तर सबैभन्दा राम्रो पाइएको हो । मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ ।

आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भइसकेका छन् । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबल्स, प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ ।

डिडब्लुडिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि केही दिन भित्रै सम्झौता हुने बताइएको छ । एफटीटीएच (फाइबर टु द होम) सेवा सम्बन्धी हाल एडीएसएलमार्फत् इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा विद्यमान एडीएसएलका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर भइरहेको छ । 

इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९ सय ६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको टेलिकमले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC