site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरिया हुँदै आएको वायुको असर हो नेपालको हावाहुरी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण एशियाका नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान लगायतका क्षेत्र  गएका तीनदिन यता आँधीहुरीको चपेटामा परेका छन् । पछिल्लो हुरी बतासको नेपालमा सामान्य मात्रै असर रहेपनि भारत, पाकिस्तान र अफगानिस्तानमा भने ठूलो जनधनको क्षति भएको छ । यद्यपि केही साताअघि मात्रै नेपालको बारा र पर्सा जिल्लामा आएको आँधीबेहरीका कारण २९ जनाको मृत्यु भएको थियो । 

आँधी, हुरी र बाढीका कारण भारत, पाकिस्तान र अफगानिस्तानमा तीन दिन यता १ सय जना भन्दा बढीको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।  यो क्षेत्रको मौसममा आएको बदलीका कारण उत्तरी भारत, पाकिस्तान र अफगानिस्तानमा धनजनको क्षति भएको हो । हावा हुरीका क्रममा चट्याङ र धूलोसमेत उडाउँदा सर्वसाधारण प्रभावित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन दिन यताको आँधी हुरीबाट पाकिस्तानमा ३९, भारतमा ४७ भन्दा बढी र अफगानिस्तानमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी अनादोलुले जनाएको छ ।  बुधबार रातिसम्ममा मृत्यु भएकाको संख्या अझै बढेको हुन सक्ने बताइएको छ । थुप्रै मानिस अझै हराइरहेको बताइएकाले मृत्यु हुनेको वास्तविक संख्या यकिन हुन सकेको छैन । 

पाकिस्तानको कराँची, इश्लामावाद लगायतका क्षेत्रमा हावाहुरी आउनुका साथै उत्तरी पाकिस्तानमा बाढी समेत आएको छ । भारतमा गुजरात, राजस्थान, मध्यप्रदेश, मणिपुरलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । अमेरिकी समाचार संस्था एपीले ४७ जनाको भारतमा मृत्यु भएको जनाएपनि सो संख्या अहिलेसम्म निकै बढेको अनुमान गरिएको छ । अफगानिस्तानको उत्तरी र मध्य भागमा आएको बाढीका कारण जनधनको क्षति भएको छ । बाढीबाट कम्तिमा १५ जनाको मृत्यु भएको जनाइएको छ ।

Global Ime bank

नेपालमा जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षको सम्भावना रहेको छ । शनिबार पहाडी भेगमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पहाडी भेगका थोरै स्थानमा अपरान्हपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालका अनुसार दक्षिण एशियाका विभिन्न मुलुकमा आएको आँधीहुरी तथा मौसम परिवर्तनको कारण सिरियादेखि आएको पश्चिमी वायुको कारण भएको जनाए ।  अर्का मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार प्रशान्त महासागरको भूमध्यरेखा आसपासमा देखिएको जलवायु प्रभावका कारण नेपालसम्म त्यसको असर देखिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC