site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख २ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ लाई स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । यो काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई मात्र लागु हुने छ ।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्यमा गम्भीर चुनौती देखिएको र ज्यानै जोखिममा पर्ने भएपछि प्रहरी प्रधान कार्यालयको पहलमा प्रोत्साहन भत्ता बढाउने प्रस्ताव गृह मन्त्रालयले गरेको थियो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका-२०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो तहका ट्राफिक प्रहरीले २० देखि ४० प्रतिशतसम्म भत्ता पाउने प्रस्तावमा उल्लेख छ ।

हाल उपत्यकामा करिब १४ सय ट्राफिक प्रहरी कार्यरत छन् । प्रोत्साहन भत्ताअनुसार सिनियर अफिसरले २० र जुनियर अफिसरले ४० प्रतिशतसम्म भत्ता पाउने प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले जानकारी दिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC