site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललिता निवासको जग्गा बिक्री गर्नेमाथि कारबाही गरिने : मन्त्री बास्कोटा
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताएका छन् । 

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको सरकारी जग्गा लिने कुनै पनि ओहोदा, पदका व्यक्ति भएपनि कारबाही हुने पनि दोहोर्‍याएका हुन् । बिहीबार गत वैशाख २ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ललिता निवासको सो जग्गा बिक्री वितरणमा रोक लगाइएको पनि स्मरण गराए । सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम रहेको मन्त्री बास्कोटाको भनाई छ ।

Agni Group

फरक प्रसंगमा मन्त्री बास्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको पनि बताए । संयुक्त राष्ट्र संघले द्वन्द्वकालका न्याय निरुपणका विषयमा प्रश्न उठाउँदै नेपाल सरकारलाई पत्रचार गरेको छ । त्यससम्बन्धमा राखिएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले नेपालको द्धन्द्धकालका घटनाको न्याय निरुपण गर्न नेपाल आफैं सक्षम रहेको पनि बताए ।

मन्त्री बास्कोटाले द्धन्द्धकालका घटनाको न्याय निरुपणको कामलाई सरकारले अघि बढाएको उल्लेख गर्दै सो समस्या छिट्टै समाधान हुनेसमेत दाबी गरे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC