site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनिषा कोइराला भन्छिन्– म आफ्नो देश हेर्न कहिले पाउँला !
Sarbottam CementSarbottam Cement

काठमाडौं । हातमा ट्रेकिङ स्टिक, कालो क्याप अनि सेतो स्वेटरमा सगरमाथाको काखमा हिँड्दैथिइन् बलिउड नायिका मनिषा कोइराला । कहिले उनको रुटमा शेर्पाका अबोध नानीबाबु भेटिन्थे त कहिले लामो रौंधारी याक । उनी त्यसमै रमाइरहेकी थिइन् । यो बलिउड फिल्मको कुनै सुटिङ सेट थिएन । सगरमाथाकै छेउछाउमा चलचित्रका लागि गरिएको रियल सुटिङ पनि थिएन त्यो ।

मनिषा केही समय अगाडि सगरमाथा बेस क्याम्प गएकी थिइन् । आठ दिन लामो उनको बेस क्याम्प यात्रामा खिचिएको भिडियाको क्ल्प्सि थियो त्यो । क्यान्सरबाट भर्खर तङग्रिएकी उनलाई नेपाल हेर्न मन लागिरहेको थियो । स्कुले साथीहरुले जाऊँ मनिषा एभेरेष्ट बेस क्याम्प भने । मनमा केही प्रश्न त उठेका थिए तर एक्साइटेड हुँदै उनले  भन्दिइन्, हुन्छ । तय भयो मनिषाको एभरेष्ट बेस क्याम्पसम्मको यात्रा ।

दैनिक ८ घण्टाका दरले ८ दिन हिँडेपछि मनिषा पुगिन् एभरेष्ट बेस क्याम्प । त्यही अनुभव सुनाउन पर्यटन बोर्डले बिहीबार कार्यक्रम आयोजना गर्यो काठमाडौंको होटल र्‍याडिसनमा । त्यही अवसरमा मनिषा सगरमाथाको काखमा हिउसँग रमाउँदै हिँडेको भिडियोको सानो क्ल्प्सि देखाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

टिजर हेरेपछि मनिषा बोलिन्, “जहिले पनि म मातृभूमि फर्किन्थेँ । प्लेनबाट ओर्लिंदा मेरा आँखामा आँशु छलल्ल हुथ्यो । धेरै जसो विदेशमै बसेर काम गर्नुपर्‍यो । जहिले पनि मेरो मनमा केही हुन्थ्यो भने म मेरो देश कहिले हेर्न पाउँछु होला भन्ने हुन्थ्यो ।”

मनिषाका साथी र उनका परिवारका सदस्यहरुले नेपालका विभिन्न ठाउँमा पुगेर टेकिङ गरेको अनुभव सुनाउँथे । मनिषाको मनको भित्री तहमा प्रश्न चिन्ह उठ्थ्यो, मैले चाहिँ कहिले हेर्ने ? मैले त हेर्न पाएको छैन । 

Global Ime bank

यो पटक जब उनलाई साथीहरुले एभरेष्ट बेस क्याम्प जाऊँ भने, उनी उत्साहित त भइन् । तर स्वास्थ्य अवस्थालाई पनि सम्झिइन् । क्यान्सरबाट भर्खर रिकभर भएकी थिइन् । उमेरको अंक पनि आयो दिमागमा । तर उनले निर्णय गरिन् । यो अवसर मैले छोड्नु हुन्न । 
किन ? 
केटाकेटी उमेरमा फर्किइन् मनिषा । सगरमाथासँग जोडिएको आफ्नै घरको कथा सुनाउन थालिन्, “जिजू  बुवालाई सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेर फर्किएपछि उहाँहरुले सगरमाथा आरोहण गर्दा प्रयोग गरेको टेन्ट दिनुभएको थियो । त्यो टेन्ट हामीले छतमा राखेका थियौं । त्यतिबेला देखि नै मेरो केटाकेटी मनमा सगरमाथाको पिक्चर थियो र म एक दिन हेर्छु भन्ने रहर थियो ।”

\"\"

लुक्लाबाट जब उनी बेस क्याम्पको यात्रा सुरु गरिन् । उनले देखिन् अग्लाअग्ला पहाडमा सेताम्मे हिउँ । सेतै र गुलावी फुल्ने गुराँसको जङ्गल । खोला र बाटामा भेटिने याक । उनलाई नेपाल साँच्चै उद्भूत सौन्दर्यले भरिएको देश लाग्यो । 

शेर्पा कल्चर देखिन् । रुकस्याक बोकेर सास बढाउँदै जबरजस्ती हिँडिरहेकी आफूलाई हेर्थिन् अनि तुलना गर्थिन् अजङ्गको ब्याग बोकेर ठमठम हिँड्ने शेर्पा दाजुभाइसँग ।  उनलाई अचम्म लाग्थ्यो । “उनीहरुको इमान्दारिता देखेर साँच्चै म नतमस्तक भएँ । तर उहाँहरुलाई हाम्रो केही सहयोगको आवश्यकता पनि छ । कडा मेहनत गर्नुहुन्छ । तर काम नभएको दिन के खाने ? समस्या देखेँ । उहाँहरुलाई शिक्षा र स्वास्थ्यमा समस्या छ । यी दुई कुरामा शेर्पा जातिलाई सहयोगको खाँचो छ,” मनिषाले देखेको सगरमाथाका पहरेदार शेर्पाको समस्या सुनाउँदै भन्छिन्, “किनकी उहाँहरुले नै देखाउने हो हाम्रो हिमाललाई । उहाँहरुले नै बुझ्नु भएको छ हाम्रो हिमाललाई । त्यसैले उहाँप्रति हाम्रो जिम्मेवारी छ ।”  

आठ दिनको यात्रामा उनले जति पनि बाटोमा भेटिन् ती अधिकांश विदेशी थिए । नेपाली त हातका औंलामै सीमित थिए । मनिषा भन्छिन्,  “म नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई भन्छु कति हाम्रो कति धेरै चिज दिएको छ हामीलाई प्रकृतिले ? यो हेरेर मात्रै अनुभव गर्न सकिन्छ होला । मैले बाटोमा भेटिने पर्यटकलाई सोधेँ, कस्तो लागिरहेको छ ? उहाँहरु भन्नुहुन्थ्यो– इज डिफिकल्ट बट एभ्री स्टेप इज वर्थइट ।”

तपाईंहरुले पृथ्वीमा स्वर्ग देख्नु भएको छ ? उनी सोध्थिन्, जवाफमा विदेशीहरु भन्थे, देख्यौं । र त्यो स्वर्ग यही हो । 

एभरेष्ट बेस क्याम्पमा एक रात बिताइन् मनिषाले । त्यसको छुट्टै अनुभव छ उनीसँग । साना साना सयौं टेन्ट थिए त्यहाँ । राति डर लागिरहेको थियो । कारण तापक्रम माइनस २५ डिग्री सेन्टिग्रड थियो । के होला, कसो होला भन्ने भय थियो । बिहान टेन्टबाट बाहिर निस्किएर जब हेरिन् मनिषाले, ठूलठूला पहाड हिउँले भरिएका थिए । चारैतिर हिउँले भरिएका पहाड बीचमा उनको टेन्ट थियो । उनको शरीर नै सिरिङ्ग भयो । भन्छिन्, “त्यो दुर्लभ क्षण जब मैले कैद गर्न पाएँ । मेरो मनको डर सबै हरायो ।” 

बादलले छोएको आकाश हेर्दै त्यसलाई पछ्याउने उनको रहर पूरा भयो । संसारकै शीर सगरमाथा आफ्नै आँखाले हेर्ने बचपनको सपना साकार भयो । अब मनिषालाई उनको त्यो आठ दिनको यात्राका क्रममा खिचिएको डकुमेन्ट्री ‘गोर्डन अफ हिमालय’ संसारभर पुर्‍याएर पृथ्वीको स्वर्ग विश्वभरलाई देखाउने मन छ । र, अर्को पनि मन छ, अन्य हिमालका काखमा पनि पुग्ने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC