राजनीति
काठमाडौं । सरकारी छाप किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत् बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको पाइएपछि अनुसन्धान सुरु गरिएको प्रदेश नम्बर २ प्रहरीका डिआइजी हरी पालले जानकारी दिए । यादव सभासद भएका बेला रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६ १४:०९
प्रतिक्रिया दिनुहोस्