बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार समकालीन राजनीति र युवा पुस्ता पवनराज फुयाल
बाह्रखरी - बुधबार, साउन १२, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement
पवनराज फुयाल 
राजनीतिलाई सम्पूर्ण नीतिहरूको मूल नीति भनिन्छ । आजको दुनियाँमा समाजका आआफ्नै भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक, कूटनीतिक र मनोवैज्ञानिक विशेषता विद्यमान हुन्छन् । यीनै विशेषतालाई समय सापेक्ष, प्रगतिशील गति प्रदान गर्न महत्त्वपूर्ण भमिका भएको निर्देशक सिद्धान्तलाई (नीति) मान्न सकिन्छ । यही सिद्धान्तका आधारमा समाज र देशलाई हाँक्ने नीति नै राजनीति हो । यस अर्थमा राजनीति वैज्ञानिक, प्रगतिशील र गतिशील हुनुपर्छ । फेरि यीनै सिद्धान्तका आधारमा समाजमा हरेक समय चिन्तन र वादहरू निरन्तर विकसित भइरहेका हुन्छन् । तिनैलाई समयासापेक्ष परिभाषित र परिस्कृत गर्दै अनुसरण गर्ने गरिन्छ । आजको राजनीति यस्तै वाद, सिद्धान्त र दर्शनमा चलेको छ भनु उपयुक्त होला ।
 
हाम्रो समाजमा परम्परागत मान्यतामा आधारित  विदुर नीति, चाणक्य नीति र कौटिल्यको अर्थनीतिजस्ता राजनीतिका मुख्य स्रोत हुने गर्थे । अहिले समाज र चिन्तनको विकाससँगै नयाँनयाँ दर्शन थपिएका छन् । आजको विश्व राजनीति पनि यही सेरोफेरोमा उभिएको छ । नेपालमा पनि विभिन्न विचार, समूह र वादका नाममा थुप्रै राजनीतिक दल स्थापित भएका छन् । मूलतः आजको विश्व राजनीति समाजवाद र पुँजीवादको सेरोफेरोमा ध्रुवीकृत छ । यिनै दर्शनका नाममा खुलेका राजनीतिक दल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा फस्टाउँदा छन् । राजनीतिले नै देश हाँक्ने नेतृत्व उत्पादन गर्ने हुँदा राजनीतिक क्षेत्र  महत्त्वपूर्ण मानिन्छ । तर आधुनिक नेपालमा प्रजातन्त्र स्थापनापछिभने राजनीतिक क्षेत्र सबैभन्दा बदनाम बन्न पुगेको देखिन्छ । राजनीतिक संस्कार पनि एकपछि अर्को पुस्तामा हस्तान्तरण हुने भएकाले जे सिक्यो र जेदेख्यो त्यही परिपाटी विकास भयो । त्यो नै आजको राजनीतिक दर्शनमा प्रतिविम्बित बनेको हुन्छ । यसमा समाज परिवर्तनका संवाहक युवाको भूमिका र योगदान महत्त्वपूर्ण हुनेगर्छ । युवा नै देशका समृध्दिका खम्बा हुन् । तसर्थ पनि देशले हरेक क्षेत्रमा युवाबाट  ठूलो अपेक्षाका साथ लगानी गरेको हुन्छ ।
 
यसरी देशका हरेक क्षेत्रमा योगदानको आवश्यकता रहने युवामा बेलैदेखि शैक्षिक ज्ञानका साथै राजनीतिक चेतना पनि हुनु जरुरी हुन्छ । तर, हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रहितभन्दा पनि व्यक्तिगत, दलगत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण यसको छवि धमिलो बनाइएको छ । फलस्वरूप, जनतामा निराशा पैदा भएको छ । सामान्य जनतामा एकातिर राजनीति नै देशको सबैभन्दा मुख्य संयन्त्र हो भन्ने भान परेको छ भने अर्कातिर देश कैयौं वर्षदेखि अस्थिरताको भुमरीमा परेर प्रगतिपथमा अगाडि बढ्न नसक्नु, भ्रष्टाचार, सामाजिक अपराध, बेरोजगारीजस्ता दुश्चक्रमा फस्नुको कारण पनि यही अस्वस्थ्य राजनीति नै हो भन्नेमा द्विविधा छैन । वास्तवमा भन्ने हो  भने देशमा आधुनिक प्रजातान्त्रिक अभ्यास सुरु भएको बितेका ७० वर्षमा देशमा सम्पन्नताको बाटो समाउन आवश्यक स्थिरता देखिएको छैन । यसो हुँदाहुदै पनि युवा पुस्तालाई सही मार्गनिर्देशनअत्यन्तै जरुरी देखिएको छ । 
 
व्यावहारिक शिक्षा
व्यक्तिर राष्ट्र धनी बनाउने सबैभन्दा प्रमुख स्रोत शिक्षा नै हो । नेपालले पनि शिक्षामा प्रशस्तै लगानी गरेको छ ।  तर त्यसको प्रतिफल प्राप्त गर्न सकेको छैन । यसैले हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउनु जरुरी छ । नेपाली धरातल सुहाउँदो र विश्व परिधिभित्र अटाउँदो शिक्षाको खाँचो देखिन्छ  । व्यावहारिक शिक्षामा हामी धेरै तल छौँ । फलस्वरुप बर्सेनि लाखौँ  सीपविहीन बेरोजगार युवा श्रमबजारमा थपिदाँ छन् । त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा त परेकै छ त्यसभन्दा पनि बढी यही समूहका युवा नै राजनीतिमा बढी आकर्षित भएको पाइएको छ । यस्तै वर्गको प्रतिनिधित्व हामी आजको राजनीतिक पुस्तामा सजिलै देख्न सक्छौँ । बाँकी रहेको दक्ष जनशक्ति पनि विदेश पलायन हुनपुग्छ । यसर्थ ज्ञान मात्रै हैन सीपमूलक शिक्षामा जोड दिनुपर्छ । त्यसले निश्चित अवधिको शिक्षा प्राप्त गरेपछि उसले कागजी ज्ञानमात्रै हैन स्वरोजगार हुने सीप पनि हासिल गर्नेछ ।  यस्तो जनशक्तिले नै राजनीतिलाई पनि समाजसेवाका रूपमा लिनसक्छ । कम्तीमा आधुनिक कृषि प्रणाली र पर्यटन व्यवसायसम्बन्धी विषय नियमित पाठ्यक्रममै समावेश गरी विद्यालय स्तरबाटै अनिवार्य गर्दा प्रभावकारी हुने देखिन्छ । यसका साथसाथै हालको शिक्षा क्षेत्रमा व्प्त विकृत राजनीतिक हस्तक्षेप र संलग्नतालाई पनि निषेध गर्नु जरुरी छ ।
 
स्वाध्ययन
युवा वर्गमा स्वाध्ययनको पनि कमी छ । विद्यालयका  पाठ्यपुस्तकमात्रै नभएर विभिन्न ज्ञानगुण, जीवनदर्शन, आध्यात्मलगायत कला, साहित्य, मनोरञ्जन, इतिहास, अर्थव्यवस्था र राजनीतिक दर्शनजस्ता विधाको पनि निरन्तर अध्ययन गर्नु आवश्यक छ । हामीकहाँ राजनीतिक स्तरमा आफूले अनुशरण गरेको राजनीतिक विचारधाराका केही खास चिन्तनमाथि मात्रै ध्यान दिइन्छ । त्यसले गर्दा व्यक्ति राजनीतिकरूपमा अपरिपक्व हुनपुग्छ । विनाअध्ययन अरूको पछि लाग्ने, अग्रज नेताको चाकरी चाप्लुसी गर्दै झोला बोकेर पछि लाग्ने संस्कारलाई राजनीतीको प्रवेशद्वार बनाउनेको भिड यही कारणले नेपाली राजनीति ठूलो देखिएको हो ।  यस्तै संस्कारले आपराधी पनि नेताको अवतारमा सजिलै देखापर्छन् । अनि यही जमातलाई  आजको युवापुस्ता आदर्श र मानेर पछि लाग्छ । 
 
नेपालको राजनीतिक मूलधारमा दुई शक्ति स्थापित छन् स् एउटा कम्युनिस्ट र अर्को कांग्रेस । मार्क्सवादी लेनिनवादी सिद्धान्तका अनुयायी  कम्युनिस्टहरू मार्क्सवाद र लेनिनवादले के भन्छ भन्दापनि मार्क्सले के भन्नुहुन्थ्यो, लेनिन र माओले के भन्नुभएको थियो एकदुईवटा कथन र तुक्का सम्झनुलाई आदर्श मान्छन् । नेपाली कांग्रेसका त अधिकांश कार्यकर्तालाई पार्टीको सिद्धान्तको  ज्ञानै  छैन । बिपीले यसो भन्नुभएको थियो, उसो गर्नुभएको थियो मात्रै जानेहुन्छ भन्ने ठान्न् । बदलिँदो परिस्थितिमा यसरी राजनीति हुँदैन । आजका युवाले अध्ययन र स्वाध्ययनका माध्यमबाट आफ्नै दृष्टिकोणसहितको स्वच्छ राजनीतिक परिपाटी सुरु गर्नुपर्छ । हिजोको पुस्ताको पछि लाग्नुभन्दा उनीहरूबाट सकारात्मक पाठ सिकेर आफूले अँगालेको विचारधाराका मूलभूत आदर्शलाई आत्मसात गर्दै उनीहरूलाई नै आजको परिस्थिति अनुकूल हिँडाउन सक्नुपर्छ । 
 
नैतिक शिक्षा
राजनीतिको अर्को महत्त्वपूर्ण पाटो हो नैतिकता १ वास्तवमा आजको सिङ्गो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकताको अभाव हो । सामाजिक नैतिक हैसियत शून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिकरूपमै बहिष्कृतहरू दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदाबहार खेलाडी बनेका छन् । व्यक्ति स्वयंभित्र नैतिकता नहुँदासम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन । नैतिक शिक्षालाई विद्यालयदेखि नै अनिवार्य गर्नसकेमा युवा पुस्ता नैतिक र इमानदार बन्न सक्नेछन् । नैतिकताले मानिसलाई अनुशासित, इमानदार र कर्तव्यपरायण पनि बनाउँछ । हाम्रो देशको राजनीतिक क्षेत्रमा नैतिकताको खँडेरी परेकाले  नै भ्रष्टाचार, कमिसनतन्त्र र सामाजिक अपराध व्यापक भएका हुन् ।
 
नेतृत्व कौशल
सबै कुराको ज्ञान र सीपमात्रै भएर पनि  दक्ष नेतृत्वमा आवशयक गुण पूर्ण नहुन सक्छ  । असल राजनीतिज्ञ हुन व्यक्तिमा कुशल समन्वयकर्ता, अग्रसर, निडर व्क्तित्व,  मृदुभाषी, चतुर, दूरदर्शिता, मूल्यांकन र निर्णय क्षमता, शालीनता, पारदर्शिता, धैर्य, इमानदारी, नैतिकता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना, प्रकृति प्रेमजस्ता गुण अत्यावश्यक हुन्छन् । चातुर्य देखाउने नेताको कमी त नहोला तर सँगै प्रकट हुने धूर्त प्रवृत्तिले नेताको व्यक्तित्व समाप्त पार्छ ।  कुशल नेताले देशलाई आवश्यक परेको बेला सबैलाई मिलाएर सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै सक्षम नेतृत्व दिनसक्नु पर्छ ।  कुशल नेताले त आफ्नो  पार्टीको या सत्ताप्रति मात्रै केन्द्रित नभई सम्पूर्ण विचार र जनताको हितमा विचार राख्न सक्नुपर्छ । यस्ता सोच र सीपको विकासका लागि युवाले बेलैमा ध्यान दिन जरुरी छ । यसका साथसाथै आजको पुस्ताले व्यवस्थापकीय ज्ञान र सीप विकास  गर्न अध्ययन र विभिन्न तालिम गोष्ठी, सेमेनार आदिमा सामेल हुने गर्नुपर्छ । विद्यालय र कलेज स्तरका विविध अतिरिक्त क्रियाकलापमा सहभागी बन्दै बेलैदेखि सफल नेतृत्वमा हुनुपर्ने  गुणको विकास गर्न सकिन्छ । नेतृत्व कुशलता नै  सफल राजनीतिज्ञमा आवश्यक पर्ने महत्त्वपूर्ण प्राविधिक पक्ष हो ।
 
आजको  राजनीतिमा युवाको खाँचो छ । युवा अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशल युवाको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्नेछ । अनिमात्रै देशले लायक र कुशल नेतृत्व पाउनेछ । त्यस अवस्थामा नै  नेपाली जनताको दशकौंदेखिको निराशा अन्त्य हुँदै जानेछ । यसरी जन्मने पुस्ताले बल्ल देशलाई समृध्दितर्फ लैजाने आशा गर्न सकिन्छ ।
 
Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, साउन १२, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्