site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कार आरोपमा पक्राउ परेका सुन्दर पाँच लाख धरौटीमा रिहा
Sarbottam CementSarbottam Cement

पोखरा । बलात्कार आरोपमा पक्राउ परेका सुन्दर पाँच लाख धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत कास्कीले बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा आरोपित सुन्दरकुमार श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

मंगलबार र बुधबार चलेको थुनछेक बहसपछि बुधबार जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सुन्दरलाई थुनामा राखी कारबाही गर्न नपर्ने भन्‍ने आदेश गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सुन्दरमाथि छिमेकी विष्णु पहारीको घरमा सहयोगीको रुपमा रहँदै आएकी बालिकामाथि ०७४ साल असोज महिनादेखि पटकपटक र गत चैत्र २६ गते पछिल्लो पटक बलात्कार गरेको आरोप लागेको थियो । सुन्दरलाई चैत्र ८ गते पक्राउ गरिएको थियो ।

नयाँ कानून मुलुकी अपराध संहिता २०७४ लागु भएपछि बालिका बलात्कारको मुद्दामा कास्की जिल्ला अदालतले सम्भवतः पहिलो पटक धरौटीमा छोडेको छ । 

Global Ime bank

पहारीको घरमा काम गर्दै र पढ्दै आएकी बालिका चैत्र ७ गते अबेरसम्म घर नफर्किएपछि प्रहरीमा सूचना गरिएको थियो । प्रहरीले बालिकालाई उनकै साथीको घरमा फेला पारेको थियो । वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले बालिकालाई कसैसँग सम्पर्क गर्न नदिई बयान लिएको थियो । सोही बयानका आधारमा प्रहरीले जाहेरी दरखास्त दर्ता गरेको थियो ।

वादीकातर्फबाट जिल्ला महान्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, पूर्ण प्रसाद शर्मा र अधिवक्ता भुवन पराजुली काफ्लेले बहस गरेकी थिइन् । प्रतिवादी सुन्दरकुमार श्रेष्ठकोतर्फबाट वरिष्ठ अधिवक्ताद्‍वय कृष्णबहादुर थापा रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका गण्डकी उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर, उच्च बार पोखराका अध्यक्ष अधिवक्ता रोहितराज बास्तोला, अधिवक्ता गोविन्द पौडेल, अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता मिलन राईलगायतले पैरवी गरेका थिए ।

श्रेष्ठमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १(२) को कसुर गरेको आरोपमा (३) घ बमोजिम सजाय हुनुपर्ने माग दाबी गरिएको थियो । यसअघि उनै बालिकामाथि यौन उत्पीडनको आरोपमा सुन्दरसँग पक्राउ परेका एनआइसी एसिया बैंकमा काम गर्ने सुवास सुवेदी तीन लाख धरौटीमा हिरासतमुक्त भएका थिए ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC