site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आखिर कति पिउने पानी ? ८ गिलासको भ्रम
Sarbottam CementSarbottam Cement

बीबीसी । ‘धेरै पानी पिउनुपर्छ । दैनिक आठ गिलास अर्थात कम्तीमा दुई लिटर त पिउनैपर्छ ।’ यस्तो नमागिएको सुझाव हामी प्रायः हरेह दिन पाउने गर्छौं ।  पानी जीवन हो । पानीको महत्व हाम्रो जीवनमा अहम् छ । यसकारण बढीभन्दा बढी पानी पिउनुपर्छ । तर पानीका विषयमा यस्तो चर्चा, सुझाव वा चासो पहिला थिएन । 

उन्नाइसौं शताब्दीको सुरुआती समयमा त पानी पिउनु खराब मानिन्थ्यो । उपल्ला तह वा धनी मान्छे त पानी पिउनुलाई अपमान सम्झन्थे । तिनलाई लाग्थ्यो– पानी पिएर पेट भर्ने काम गरिबको हो । धनीले पानी पिउनु भनेको इज्जतविपरीत काम थियो । 

तर, अचेल बेलायतका मान्छेहरु खुब पानी पिउँछन् । उता, अमेरिकामा बोतलबन्द पानीको माग सोडाभन्दा बढी हुन थालेको छ । एसियाली पनि खुब पानी पिउन थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नपिउन् पनि किन ! रात–दिन जो पनि पानी पिउने सल्लाह दिइरहेका छन् । बढी पानी पिउँदा स्वास्थ्य राम्रो हुने तथा अनुहार चम्किलो बन्ने विश्वास गर्न थालिएको छ । यसका अतिरिक्त बढी पानी पिउनाले क्यान्सर नलाग्ने अनि तौल नियन्त्रण हुने चर्चा पनि उत्तिकै चलेको छ । 

लन्डनमा मेट्रो प्रयोग गर्नेहरुलाई पानी साथै लिएर जाने सल्लाह दिइन्छ । त्यहाँका कतिपय विद्यालय तथा कार्यालयमा पानीको कुरा नगरी अरु काम नै सुरु नहुने अवस्था छ । भन्दै आइएको छ– दैनिक आठ ग्लास वा २४० मिलिलिटर पानी अनिवार्य पिउनुपर्छ । तर, यस्तो नियम कसले बनायो ? वा यस्तो निर्णय कसले गरेको हो ? कुनै अध्ययन वा अनुसन्धानबाट अनि वैज्ञानिकले यस्तो दाबी आजसम्म गरेका छैनन् । तर पनि मान्छेहरु पानी पिउने विषयलाई लिएर किन यस्तो कुरा गरिरहेका छन् ? यसको रहस्य पुराना दुई ‘सल्लाह’मा लुकेको भेटिन्छ । 

Global Ime bank

सन् १९४५ मा अमेरिकाको फुड एन्ड न्युट्रिसन बोर्ड अफ नेसनल रिसर्च काउन्सिलले वयस्कलाई सल्लाह दियो– क्यालोरीयुक्त हरेक खानेकुरा पचाउन एक लिटर पानी पिऊ । यसको अर्थ, तपाईं दुई हजार क्यालोरी लिने महिला हुनुहुन्छ भने तपाईंले दुई लिटर पानी पिउनुप¥यो । २५०० क्यालोरी लिने पुरुष तपाईं हुनुहुन्छ भने दुई लिटरभन्दा बढी पानी पिउनुपर्‍यो । 

यसमा सादा पानीमात्र होइन, फलफुल, तरकारी तथा अन्य पेय पदार्थबाट प्राप्त हुने पानी पनि सामेल हुन्छ । फलफुल तथा सागसब्जीमा ९८ प्रतिशतसम्म पानी हुन्छ । साथै, सन् १९७४ मा मार्गरेट म्याक्विलियम्स र फ्रेडरिक स्टेयरको पुस्तक ‘न्युट्रिसन फर गुड हेल्थ’मा सिफारिस गरिएको छ– हरेक वयस्कले दैनिक आठ गिलास पानी पिउनुपर्छ । 

यी दुई लेखकले यो पनि भनेका छन्– फलफुल तथा सागसब्जीबाट पाइने पानी त होइन, हल्का पेय तथा बियरबाट प्राप्त हुने पानी यो परिमाणमा सामेल हुन्छ । शङ्का के छैन भने, पानी हाम्रो लागि अत्यावश्यक तत्व हो । हाम्रो शरीरको तौलमा दुईतिहाइ हिस्सा पानीको हुन्छ । यसको माध्यमबाट हामीलाई पोषकतत्व मिल्छ । पानीले शरीरभित्रको खराब तत्व बाहिर निकाल्न पनि मद्दत गर्छ । शरीरको तापमान नियमित गर्नुका साथै शरीरभित्रका कतिपय केमिकलको रियाक्सन पानीले नै नियन्त्रण गर्छ । 

पसिना, पिसाब तथा स्वासबाट पनि शरीरबाट पानी बाहिर निस्किरहेको हुन्छ । यसकारण पनि त्यसलाई नियमित राख्न पानी पिउनु आवश्यक छ । शरीरभित्र पानी कम हुँदा अनेक समस्या उत्पन्न हुन सक्छ । 

८ गिलासको भ्रम

दैनिक आठ गिलास पानी पिउनैपर्ने कुरा एक प्रकारको भ्रम हो । अध्येता–अनुसन्धाता भन्छन्– शरीरलाई जतिमात्रामा पानी आवश्यक हुन्छ त्यति नै पिउनुपर्छ । कुनै पनि स्वस्थ दिमागलाई थाहा हुन्छ कि, शरीरले पानीको माग गरेको र नगरेको । शरीरले पानी माग गर्दा पिउनु नै बुद्धिमानी हो । जब शरीरमा पानी कम हुन्छ तब पिसाब पहेंलो हुन थाल्छ । यसको अर्थ शरीरभित्र पानी आवश्यक परेको छ । त्यस्तो समयमा शरीरले पिसाब कम निकालेर भित्रको पानीको मागलाई पूर्ति गरिदिन्छ वा पानीको बचावट गरिदिन्छ ।

बेलायती चिकित्सक तथा खेलाडीका सल्लाहकार कोर्टनी टिप्स भन्छन्, ‘तपाईं शरीरको कुरा सुन्नुहुन्छ भने, तपाईंलाई कुनबेला तिर्खा लाग्छ ? तिर्खा लाग्नुको अर्थ शरीरमा पानीको मात्रा कम भएको लामो समय हुनु होइन । हजारौं वर्षदेखि मान्छेहरु तिर्खा लाग्दा पानी पिउँदै आएका छन् । शरीरले पानीको मागको गलत सङ्केत कहिल्यै गर्दैन ।’

जब तिर्खा लाग्छ तब पानी पिउनु सबैभन्दा राम्रो विकल्प हो । पानीमा क्यालोरी हुँदैन । तिर्खा लाग्दा अन्य पेय पदार्थबाट पूर्ति गर्नु उचित हुँदैन । धेरै पानी पिउँदैमा मान्छे स्वस्थ हुने कदापि होइन । तिर्खा लाग्दा वा सामान्य अवस्थमा केही बढी पानी पिउनु हानिकारक पनि हुँदैन । बीबीसीबाट 
 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC