site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनुभव नहुँदा जनभावनाअनुसार काम गर्न सकेनौंः अध्यक्ष दाहाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसंँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । 
नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, – “गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो ।” 
निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए ।  
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताए । उनले भने, – “अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ ।”  रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC