site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यू-१६ क्रिकेट टोली घोषणा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।
 
थाइल्याण्डमा २० अप्रिलबाट सुरू हुने एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेटका लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।
 
टोलीमा कप्तान विशालसँगै आसिस भट्राई, प्रशान्त महत, आर्जु कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिल कुमार सिहं, विशाल कुमार पटेल, कृश कार्की, तिलक राज भट्राई, रोहन विक, प्रशान्त सिहं र सुशान्त थापा छन् ।
 
वैकल्पिक खेलाडीमा अभिषेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शाई छन् । वसन्त शाहीको प्रशिक्षणमा रहेको नेपाली यू-१६ टोली बिहीबार थाइल्यान्ड जानेछ ।

समूह ’ए’ मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग खेलनेछ । अप्रिल २४ मा मलेसिया र अन्तिम खेल अप्रिल २५ मा थाइल्याण्डसँग खेल्नेछ । ३५ ओभरमा हुने प्रतियोगिताको समूह ’बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन छ । प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC