प्रविधि
नयाँ दिल्ली । भारतमा एप्पल र गुगल दुवैले टिकटकलाई आफ्नो एप स्टोरबाट हटाएका छन् । टिकटकले भिडियो बनाउने र सेयर गर्ने एप सञ्चालन गर्दै आएको थियो ।
मद्रास उच्च न्यायालयले त्यसलाई हटाउन आग्रह गरेपछि भारतको सूचना प्रविधि मन्त्रालयले एप्पल र गुगललाई पत्राचार गरी सो एप हटाउन आग्रह गरेको थियो । गुगलले मंगलबार सो एप हटाएकोमा एप्पलले आजबाट हटाएको हो ।
(बीबीसी)
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६ १५:०३
प्रतिक्रिया दिनुहोस्