site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस वरिष्ठ नेता पौडेल वैशाखभर जिल्ला दौडाहामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि एक महिने जिल्ला दौडाहामा निस्कने भएका छन् । पार्टीका जिल्ला कार्य समितिहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागि हुन पौडेल सुदूरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश र २ नम्बर प्रदेशका विभिन्न जिल्लाको दौडाहामा निस्कन लागेका हुन् । पौडेलको जिल्ला भ्रमणको कार्यक्रम वैशाख ५ गतेबाट सुरु भएर वैशाख २४ गते सकिने उनका निजी सचिव चिरिञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।  

यस्तो छ वरिष्ठ नेता पौडेलको भ्रमण तालिका 

वैशाख ५ गते 
कास्कीको पोखरा प्रस्थान, हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि 
७ गते
रुपन्देहीको भैरहवा प्रस्थान, क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन 
८ गते 
रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन
९ गते 
रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरी काठमाडौं फर्कने 
१० गते 
सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)
११ गते 
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमान नगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्री मुकाम राजविराज)
१२ गते 
सिरहामा कार्यकर्ता भेटघाट 
१३ गते 
नेपाली कांग्रेस रामेछाप नगर समितिले आयोजना गर्ने एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी 
१४ गते  
रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन 
१५ गते
काठमाडौं फिर्ता 
१६ गते
कैलालीको धनगढी हुँदै दार्चुला प्रस्थान (रात्री मुकाम दार्चुला)
१७ गते  
नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन 
दार्चुलाबाट बैतडी प्रस्थान (रात्री मुकाम बैतडी)
१८ गते 
बैतडीको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्री मुकाम खड्पे)
१९ गते  
नेपाली कांग्रेस बझाङद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन  (रात्री मुकाम बझाङ)
२० गते  
नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन ( रात्री मुकाम डडेलधुरा)
२१ गतेः 
नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम महेन्द्रनगर)
२२ गते 
बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउँसो धनगढीमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्री मुकाम धनगढी)
२३ गते 
कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम टिकापुर)
२४ गते 
कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनपछि काठमाडौं फर्कने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC